11.1 C
Kathmandu
Monday, February 9, 2026

जनक माबिमा अनेरास्ववियू (क्रान्तिकारी) को संगठन बिस्तार!

निर्मल पौडेल, पर्वत/कुस्मा नगरपालिका १० पिपलटारी स्थित जनक माध्यामिक बिधालयमा अनेरास्ववियू (क्रान्तिकारी )ले आफ्नो संगठन विस्तार गरेको छ। अनेरास्ववियू (क्रान्तिकारी ) जिल्ला समिती पर्बतको निरन्तर संगठन बिस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत बुधबार जनक मा बि मा २१ सदस्यीय कमिटी गठन गरेको हो।”जनताको छोराछोरी सबै अखिल(क्रान्तिकारी) ” भन्ने नाराका साथ विद्यालय वा क्याम्पसमा अखिल(क्रान्तिकारी)ले संगठन विस्तार गरिरहेको छ । पुर्णिमा भुसालको अध्यक्षतामा गठित कमिटीको उपाध्यक्षमा कामना लामिछाने,सोफिया सुबेदी, मनिष बिक रहेका छन् ।यस्तै सचीवमा हिमानी शर्मा,सह सचीवमा अञ्जिता गिरि,कोषाध्यक्षमा सोबिका परियार रहेका छन् । सदस्यहरुमा खुशी तिवारी,रेश्मा परियार, लक्ष्मी गिरि,बिनिता लामिछाने ,कृपा पौडेल,कृषा पौडेल,अन्जना अधिकारी,पुजा चापागाईं,निकिता परियार,पुस्पा अधिकारी,अञ्जली सिह परियार,बिनिता सुनार,स्मृति परियार र आचल परियार रहेका छन् ।
संगठन बिस्तारको क्रममा अखिल क्रान्तिकारी पर्वतका उपाध्यक्ष संगिन सुबेदीले नवगठित सम्पुर्ण विद्यार्थीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना साथै शैक्षिक राजनैतिक उज्ज्वल भबिस्यको शुभकामना व्यक्त गरे। यसैगरी अखिल क्रान्तिकारीका जिल्ला सचीव गणेश गदालले विद्यार्थीहरुको हकहितका लागी लड्ने संगठन अखिल क्रान्तिकारी मात्र भएकोले सवै विद्यार्थीहरु लाई संगठनमा आवद्ध हुन आग्रह गरे।
कार्यक्रममा बिधालयका शिक्षक विद्यार्थीको सहभागीता रहेको थियो। पछिल्लो समय अखिल क्रान्तिकारी पर्वतले आफ्नो संगठन विस्तारको काम लाई तिव्रता दिएको छ।

ताजा

Related Articles