28.1 C
Kathmandu
Monday, July 15, 2024

राष्ट्रिय भुमि आयाेग पर्वतको अध्यक्षमा सुवेदी नियुक्त,भुमिहिनलाई जग्गा उपलब्ध गराइने!

लक्ष्मण विश्वकर्मा,पर्वत/राष्ट्रिय भुमि आयाेग पर्वत जिल्ला समितिको अध्यक्षमा उदय सुवेदी नियुक्ति हुनुभएको छ ।चैत १७ गतेको मन्त्रीपरिषदको निर्णयले उहाँलाई नियुक्ति गरेको हो । नेकपा (एकीकृत समाजवादी)निर्वाचन आयोगका केन्द्रिय सदस्य समेत रहनुभएका सुवेदीले बिहिवार पद तथा गोपनियताको सपथ लिनुभएको छ ।अन्य तीन सदस्य भने नियुक्त हुन बाकी छ । वडा तथा पालिकासँग समन्वय गरि भुमिहिनलाई जग्गाको लालपुर्जा उपलब्ध गराइने र अव्यवस्थित बसाईले व्यवस्थित गराइने नवनियुक्त अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।
वडाबाट प्राप्त सिफारिसका आधारमा तोकिएको ठाउँमा जिल्ला समिति पुगेर वास्तविकता अवलोकन पश्चात् मात्र पुर्जा वितरण गरिने उहाँले बताउनुभयो ।

 

ताजा

Related Articles