लक्ष्मण विश्वकर्मा,पर्वत/नेपाल उत्पीडित जातीय मुक्ति समाजको केन्द्रीय अध्यक्षमा पर्वतका मनोहर विश्वकर्मा पौडेल निर्विरोध निर्वाचित हुनुभएको छ ।जिल्ला समन्वय समिति पर्वतका प्रमुख समेत रहनुभएका विश्वकर्मा समाजको छैटौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय अध्यक्षमा चयन हुनुभएको हो । १७ सदस्यीय कार्यसमिति तथा २ सय ९९ केन्द्रिय समिति निर्माण गरिएको नवनिर्वाचित अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो ।
पर्वतबाट निर्वाचित सदस्यहरुमा बिष्णुराम बिक, जुनादेवी नेपाली, कृष्ण गदाल, शिवलाल सार्की,कबिता बिक, ल्याम बहादुर दर्जी र राजेश नेपाली लगायत रहनुभएको छ ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजको केन्द्रीय अध्यक्षमा पर्वतका मनोहर विश्वकर्मा निर्वाचित !

