25.1 C
Kathmandu
Monday, July 22, 2024

नेकपा एस पर्वतले जिल्ला कमिटीलाई पुर्णता दियो,निर्वाचन क्षेत्र १ मा गिरी, २ मा गौतम चयन!

लक्ष्मण विश्वकर्मा,पर्वत/नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी जिल्ला कमिटी पर्वतले पुर्णता पाएको छ । हालै बसेको सचिवालय बैठकले कमिटीमा रिक्त रहेको विभिन्न पदाधिकारी टुंगाएको हो । कमिटीको उपाध्यक्ष -ठाकुर शर्मा(कुश्मा) ,उपाध्यक्ष -सङ्गीता सुवेदी(जलजला ) ,सचिव -उमाकान्त सुवेदी (पैयु) ,उपसचिव -गणेश पौडेल (कुश्मा) र उपसचिव – सन्तोष न्यौपाने (पैयु) लाई चयन गरिएको छ ।त्यस्तै पर्वतको निर्वाचन क्षेत्र( क )को अध्यक्षमा दिपु बाबु गिरी,सचिव सन्तोष गुरुङ , क्षेत्र ख मा अध्यक्ष रामेश्वर गौतम र सचिवमा लोकनाथ भुषाल(घायलश्री) चयन हुनुभएको छ । कक्षेत्रको अन्य पदाधिकारी केहि दिनमै टुंगाइने बताइएको छ ।

ताजा

Related Articles