11.1 C
Kathmandu
Monday, February 9, 2026

मार्फा खोलामा पुल नबन्दा मुस्ताङबासीलाई यात्रामा असहज!

जोमसोम/ राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम सडक आयोजनामा पर्ने मार्फा (राज) खोला पुल निर्माण नहुनाले मुस्ताङ बासिले हरेक बर्ष दुख झेल्दै आएका छन् । चैत १५ गतेको दिन मार्फामा रहेको अस्थायी पुल बाढीले बगाए सँगै यात्रुुहरु आउजाउ गर्न असहज भएको छ ।
मुस्ताङको मार्फा खोलामा पटक÷पटक अस्थायी पुल बगाँउदा यात्रुहरुलाई निकै सास्ती हुने गरेको छ । पक्की पुल नबन्दा अस्थायी पुलकै भर पर्नुपर्ने बाध्यता छ । हिमढुङ एण्ड ठोक्कर इमोटर जेभीले जिम्मा लिएको मार्फा खोलाको पक्की पुल सम्झौता अवधि सकिदा जम्मा आधा मात्र काम भएको करिडोर सडक आयोजनाले जनाएको छ ।
निर्माण कन्ट्रक्सनले २०७५ साल भदौ ६ गते घरपझोङ २ मार्फा खोलामा १२० मिटर पुल र वारागुङ मुक्तिक्षेत्रको नरसिंह खेलामा ९० मिटरको पक्की मोटरेबल पुल बनाउनका लागि २१ करोडमा ठेक्का सम्झौता गरेको थियो । पुलको सम्झौता अवधि २०७८ साल भदौ २० सम्म रहेको थियो निर्माण कम्पनीको ढिलासुस्तीले पुल निर्माणको कामले गति लिन नसकेको हो ।
निर्माण काम समयमै नसक्के पछि कम्पनीले म्याद थप गरि २०७८ साल बैसाख ३१ सम्म निमार्ण कम्पनीले पुल निर्माण गरिसक्ने करिडोर सडक आयोजनाले जनाएको छ । वर्षायामको समय नआउदै मार्फा खोला बढेर अस्थायी पुल भत्काएको कारण उक्त पक्की पुल छिटो भन्दा छिटो बन्नु पर्ने र अस्थाइ पुल पनि निर्माण हुनु पर्ने त्यहाँको स्थानीयहरुको भनाइ छ ।

ताजा

Related Articles