28.1 C
Kathmandu
Tuesday, July 16, 2024

पर्वतमा १ लाख २२ हजार ५० मतदाता,सबैभन्दा बढी कुश्मा नगरपालिकामा!

जिल्लाको कुश्मा नगरपालिकामा सवै भन्दो धेरै मतदाताहरु रहेका छन् । कार्यालयका अनुसार कुल ३१ हजार ३ सय १३ जना मतदाता कुश्मा नगरपालिकामा रहेका छन् भने फलेवास नगरपालिकामा २३ हजार ५ सय ६५ जना मतदाता रहेका छन् । जिल्लाको जलजला गाउँपालिकामा १६ हजार ३ सय ७४ जना मतदाता छन भने, पैयूमय ११ हजार ६ सय ५४ जना रहेका छन् ।
कार्यालयले जनाए अनुसार जिल्लाका कुल ७४ मतदान स्थलमा आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको लागि मतदान हुँदैछ । कार्यालयका अनुसार पछिल्लो विवरण अनुसार १ लाख २२ हजार ५० जना मतदाता पर्वत जिल्लामा रहेका छन् । पहिलो स्थानीय तहको निर्वाचनको तुलनामा पर्वत जिल्लामा २२ हजार ३ सय ८० जना मतदाता थपिएका हुन् ।
जिल्लाको मोदी गाउँपालिकामा १९ हजार ६ सय ७ जना र महाशिलामा ८ हजार ३ सय ८२ जना मतदाता रहेको कार्यालयले जनाएको छ । विहादी गाउँपालिकामा भने ११ हजार १ सय ३७ जना मतदाता रहेका छन् ।

ताजा

Related Articles