लक्ष्मण विश्वकर्मा/पर्वतको महाशिला गाउँपालिका वडा नं. २ भोक्सिङमा नेकपा एकीकृत समाजवादीको वडा कमिटी बिस्तार भएको छ ।
मंगलबार वडा भेलाको आयोजना गरि पुस्तक मल्लको अध्यक्षतामा २१ सदस्य वडा कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा लालबहादुर मल्ल, सचिवमा निराज हमाल रहने गरि कमिटी गठन गरिएको र अन्य पदाधिकारी तत्कालै बैठक बसेर टुंगाइने अनेरास्ववियू पर्वतका अध्यक्ष तथा पार्टीका जिल्ला कमिटी सदस्य सन्तोष सुनामले जानकारी दिनुभयो ।
नेकपा एकीकृत समाजवादी पर्वतका उपसचिव विराज हमालको प्रमुख आतिथ्यतामा कमिटी गठन गरिएको थियो ।
स्थानीय तहकको निर्वाचन नजिदै गर्दा नेकपा एसले चुनाव लक्षित कार्यक्रम र कमिटी बिस्तारलाई तिव्रता दिएको छ ।
नेकपा एसद्वारा कमिटी बिस्तारमा तिव्रता, भोक्सिङमा मल्लको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन!

