23.1 C
Kathmandu
Monday, July 15, 2024

राष्ट्रिय भुमि आयोग पर्वतको कार्यालय स्थापना,अध्यक्षताद्वारा पदभार ग्रहण!

सपना क्षेत्री/राष्ट्रिय भुमि आयोग पर्वतको कार्यालय स्थापना भएको छ । जिल्ला समन्वय समितिको भवन पछाडीको भवनमा मंगलबार एक कार्यक्रमका बिच कार्यालय स्थापना गरिएको हो । कार्यालय स्थापनासँगै आयोगका अध्यक्ष उदय सुवेदीले पदबहाली समेत गर्नुभएको छ । गत चैत १७ गतेको मन्त्रीपरिषदको निर्णयले उहाँलाई राष्ट्रिय भुमी आयोग पर्वतको अध्यक्षमा नियुक्ति गरेको थियो । नेकपा (एकीकृत समाजवादी)निर्वाचन आयोगका केन्द्रिय सदस्य समेत रहनुभएका सुवेदीले गत बिहिवार पद तथा गोपनियताको सपथ लिनुभएको थियो  ।अन्य तीन सदस्य भने नियुक्त हुन बाकी छ ।

कार्यालय स्थापना कार्यक्रममा नेकपा एकीकृत समाजवादी पर्वतका अध्यक्ष मोती प्रसाद पौडेल,प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा,जिल्ला समन्वय अधिकारी  सुरेश ढकाल , मालपोत अधिकृत मुकुन्द अधिकारी, बन डिभिजन अधिकृत विष्णु प्रसाद अधिकारी, नापी अधिकृत निशा अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

ताजा

Related Articles