पर्वत/पर्वतको जलजला गाउँपालिकामा लालबिर पुनको अध्यक्षतामा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको पालिका कमिटी गठन भएको छ । सनिवार बसेको पार्टीको पालिका स्तरीय भेलाले पुनको अध्यक्षमा २५ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको हो ।कमिटीको उपाध्यक्षमा टीकानाथ सुवेदी, सचिवमा तुलबहादुर पुन, उपसचिवमा सुनिता विश्वकर्मा र सदस्यहरुमा क्रमश: मनबहादुर पुन, मोतिप्रसाद पुनमगर, भद्रबहादुर चोचाङ्गी, राजकुमारी खोर्जा, नरु पाइजामगर, कमल सुवेदी, बालकृष्ण सुवेदी, गौरे नेपाली, राजु सार्की, नवराज शर्मा, विपना शर्मा, डम्बरबहादुर सार्की, लालबहादुर किसान, कमल सार्की, आमोश रसाइली, तप्तबहादुर विक, बुद्धिकला बिसी, दिपक किसान, अर्जुन परियार, होमबहादुर बिक र जीतबहादुर बिक रहनुभएको छ ।

भेलालाई सम्बोधन कार्यक्रमका प्रमुख अतिथि निर्वाचन आयोगका केन्द्रिय सदस्य तथा भूमि आयोग पर्वतका अध्यक्ष उदय सुवेदीले नेपालका असली कम्युनिस्टहरुको अवस्था धरासयी बनाउन लागि परेकाले आफूहरुले कम्युनिस्टहरुलाई एकत्रित गरिरहेको बताउनुभयो । सुवेदीले भन्नुभयो “केपी ओलीले कम्युनिस्टको सिद्धान्त र मर्म अनुसार काम नगरेकाले असली कम्युनिस्टहरुलाई एकीकृत गर्न आफूहरु बाध्य भएको हुनाले एकीकृत समाजवादी जन्मभएको हो ।” समाजवादी म्याग्दीका अध्यक्ष युवा नेता कृष्ण विश्वकर्माले गलत बाटोमा हिँडेको कम्युनिस्ट आन्दोलनलाई फेरि सही मार्गमा डोर्याउने जिम्मा फेरि एकपटक तपाईहाम्रो हातमा आइपुगेको बताउनुभयो ।

“जलजलाको समग्र विकास र समृद्धिका लागि फेरि एकपटक जलजला बासीहरु गोलबद्द हुनैपर्छ । विकास र समृद्धिका लागि अवको विकल्प भनेको एकीकृत समाजवादी नै हो” विश्वकर्माको भनाई रहेको थियो । निर्वाचित पालिका कमिटी अध्यक्ष लालविर पुनले आफू पार्टीले लिएको सिद्धान्त मन परेर नै एकीकृत समाजवादीमा आवद्ध भएको र पार्टीले गरेको आफूप्रतिको वविश्वास सदा कायम राख्ने बताउनुभयो ।
समाजवादीको प्रदेस सदस्य तथा पर्वत जिल्ला पार्टी उपाध्यक्ष संगीता सुवेदी, जिल्ला सदस्य तथा कार्यालय सचिव जीत पुन, जिल्लाकमिटी सदस्य सूर्य अधिकारी, सचिवालय सदस्य तथा पर्वत क्षेत्र न “ख”का सचिव लोकनाथ भुसाल “घायलश्री”ले समेत शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

टीकानाथ सुवेदीको अध्यक्षता, विज्ञानराज शर्माको स्वागत र कार्यक्रमको संचालन लोकनाथ भुसालले गर्नुभएको थियो ।
यसैबीच यता कुश्मा नगरपालिका वडा नं.१२ ठुलिपोखरीमा पनि नेकपा एकीकृत समाजवादीको वडा कमिटी गठन भएको छ । कमिटीको संयोजकमा शम्भु पौडेल, सहसंयोजक बिनोद लामिछाने, सचिब भुवन पौडेल रहेको १५ सदस्यीय वडा कमिटी गठन भएको हो ।

