पर्वत/नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले व्यक्तिवादी दम्भ र अहंकार लिएर जो चोर उस्कै ठुलो स्वर गरेर हिड्ने प्रतिगमनकारीलाई आगामी निर्वाचनमा ठेगान लगाइदिने बताउनुभएको छ ।
सोमबार समाजबादी प्रेस संगठन पर्वतले कुस्मामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताउनुभएको हो । कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि पर्वत आउनुभएका नेपालले निर्वाचनको लागि देशको हित चाहने दलहरु एकलव्य भएर अर्जुनदृष्टी लिएर जनतामा होमिएको भन्दै व्यक्तिवादी दम्भ र अहंकार लिएर हिन्नेहरु लाई ठेगान लगाइदिने ठोकुवा गर्नुभयो।
उहाँले-व्याक्तिबादी दम्भ र अहंकारको अन्त्यका लागि एमाले बाट बिद्रोह गरेर दक्षिणपन्थी,प्रतिगमनकारी, प्रतिक्रियावादीको घोर भत्सर्ना गर्दै क्रान्तिकारी आधार निर्माण गरि देश र जनताको हितमा लाग्नका लागि नेकपा एकीकृत समाजवादी निर्माण गर्नुपरेको हो।”
देश लोकतन्त्र र संविधानको रक्षार्थ हामीहरु एक भएर अगाडी बढीरहेका छौ अध्यक्ष नेपालले भन्नुभयो – नेपालको राजनीतिमा केही अधिनायकवादी तत्व र प्रवृत्ति हावी भएर संविधान मास्न खोज्यो,लोकतन्त्र खान खोज्यो, संघीयता र सुशासन सकाएर कुसाशन गर्न खोज्यो,त्यस्ताको विरुद्धमा लाग्नुको बिकल्प देशभक्तहरुमा नभएको र यहाँ सम्म आएको हौं ।
गठबन्धनमा साविक एमाले हुँदा जितेका ठाउँहरुमा आफ्नो पार्टीले दावा गर्नु स्वभाविक भएको भए पनि साझा उम्मेदवार उठाएर निर्वाचनमा जाने बताउनुभयो ।
देशैभर एकीकृत समाजवादीमा प्रवेश गर्नेहरुको लहर बढ्दै गएको भन्दै नेपालले एमाले भन्ने दुइचार जनाको दक्षिणपन्थी झुंडमा अल्झिएकाहरु समाजबादीमै सामेल हुने दावा गर्नुभयो ।
गठबन्धन लाई बलियो बनाएर लैजाने अभियानमा देशैभर लागि परेर अगाडि बढीरहेको बताउदै ओलीलाइ इंकित गर्दै जो चोर छ उस्कै ठुलो स्वर गर्नेहरू लाई आगमी निर्वाचनले बढार्दिने बताउनुभयो ।
ओलीले सरकार चलाउदा देशमा आर्थिक संकटको स्थिति सिर्जना उत्पन्न हुने खतरा बढेको भन्दै देशको आर्थिकअवस्था सुधार गर्न छलफल गर्न आवश्यक रहेको बताउनुभयो ।
विप्लप लगायतका केही शक्तिहरुले चुनावमा सामेल हुने आकाक्षा गरेको भन्दै देशको हितमा अग्रसर हुने सवै दल लाई मिलाएर अगाडि बढ्ने समेत नेपालले बताउनुभयो।
समाजवादी प्रेस संगठन पर्वतका अध्यक्ष लक्ष्मण विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन सचिव सदिक्षा पोख्रेलले गर्नुभएको छ ।
यसैबीच अध्यक्ष नेपालले सोमबार नै नेकपा एकीकृत समाजवादी पर्वतले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्नुभएको छ । उक्त कार्यक्रममा २ सय भन्दा बढी एमाले लगायत विभिन्न दल परित्याग गरि एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । नवप्रवेसिलाई नेपालले पार्टी प्रवेश गराउदै स्वागत गर्नुभएको थियो ।

