25.1 C
Kathmandu
Monday, July 22, 2024

पर्वत अस्पतालको नवनिर्मित भवन बाट सेवा शुभारमभ!

निर्मल पौडेल पर्वत/पर्वत अस्पतालले आफ्नो सेवा तथा सुविधा लाई नयाँ भवन बाट सुचारु गरेको छ। नयाँ वर्षको अवसर पारेर विहिवार अस्पतालमा एक औपचारिक कार्यक्रमको आयोजना गरि नयाँ भवन बाट सेवाको सुचारु गरेको हो।
नयाँ भवन बाट सेवाको शुभारम्भ अस्पताल विकास समितिका अध्यक्ष शंकर गिरिले रिवन काटेर गरे। सेवा शुभारम्भको अवसरमा विरामीहरुको स्वास्थ्य अवस्था बुझ्नुका साथै फलफूल समेत वितरण गरिएको छ।
शुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अथिती समेत रहेका गिरिले जटिल परिस्थितिमा सेवा सुविधा प्रदान गरिरहेको अवस्थामा नयाँ भवन बाट सेवा सुविधा लाई सहज ढंगले विस्तार गर्नका लागि नयाँ वर्षको अवसर पारेर सेवा शुभारम्भ गरेको बताए।

यहाँका विभिन्न सामाजिक संघसस्था,उद्योग व्यावसायीहरुको सहयोग र समन्वयमा सेवा सुविधाको विकास र विस्तार गर्दै जाने बताए। स्थानिय प्रदेश र केन्द्र सरकार सङ्ग नजिक भएर विभिन्न सेवा सुविधा विस्तार गर्ने गिरिको भनाइ छ।

यसैगरी कार्यक्रमका अध्यक्ष मेडिकल सुपरिटेन्डेन्ट डाक्टर ढुण्डीराज पौडेलले नयाँ वर्षको सवैमा शुभकामना व्यक्त गर्दै
सानो ठाउबाट उपचार सेवा दिनु भन्दा ठुलो ठाउबाट अर्थात सुबिधासम्पन्न भवन बाट सेवा सुचारु गर्दा सवै लाई सहज हुने बताए।
अस्पताल लाई सहयोग गर्ने सम्पुर्ण व्याक्ती तथा सस्था लाई हार्दिक धन्यवाद दिदै इमर्जेन्सी, ल्याब, फार्मेसी, ओपिडि लगायत सम्पुर्ण डिपार्टहरु पनि लगत्तै सार्न सहयोग पुर्याउनु डिपार्ट प्रमुखहरु लाई पौडेलले आग्रह गरे।

उद्योग बाणिज्य संघ पर्वतका अध्यक्ष गोपी अधिकारीले पर्वत अस्पताल बाट दिने सेवा सुविधाले अस्पतालमा आउने बिमामी हरु लाई सन्तुष्टी दिन सक्ने गरि चुस्त दुरुस्त सेवा सन्चालन गर्न व्यबस्थापकिय पक्ष निरन्तर लाग्नुपर्नेमा जोड दिए।

नयाँ वर्षको अवसरमा सवैमा सुख शान्ति समृद्दिको कामना आदानप्रदान गरिएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्वतका सभापति रुद्र रिमाल,लायन्स क्लव अफ पर्वतका अध्यक्ष वसन्त कर्माचार्य लगायतले बोलेका थिए।

यस्तै कार्यक्रममा प्रेस सेन्टरका अध्यक्ष निर्मल पौडेल एन पी घायल,रोटरी क्लव अफ पर्वतका अध्यक्ष उत्तमअधिकारी,अस्पतालमा कार्यरत MDGP डाक्टर हेमन्त वास्तोला, साहित्यकार सरस्वती शर्मा जिज्ञाशु,अस्पतालमा कार्यरत कर्माचारीहरु र पत्रकारहरुको उपस्थिती रहेको थियो।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर ढुण्डीराज पौडेलको अध्यक्षता,अस्पताल विकास व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरिको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा परशुराम पुरीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो!

ताजा

Related Articles