पर्वत/देश,संविधान र लोकतन्त्रको रक्षा गर्दै भ्रष्टाचार,नातावादा, कृपावाद र व्यक्तिवादी गलत प्रवृत्ति विरुद्ध जन्मिएको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पर्वतले आफ्नो संगठन विस्तारलाई तिव्रता दिएको छ । यसै सिलसिलामा एमालेको पकट क्षेत्र रहेको महाशिला गाउँलिका वडा नं. ५ लुँखुदेउरालीमा एकीकृत समाजवादीको वडा कमिटी गठन भएको छ । विद्यार्थी नेतासँगै समाजसेवामा क्रियाशिल युवा नेता सन्तोष सुनामको अध्यक्षतामा आइतबार ३१ सदस्य वटा कमिटी गठन गरिएको हो । त्यस्तै उपाध्यक्षमा सम्झना खाँड हमाल, सचिवमा तुल हमाल, उपसचिवहरुमा चन्द्रकान्त अधिकारी, हुमा हमाल, सुदिप पौडेल चयन हुनुभएको नेकपा एस पर्वतका जिल्ला कमिटी सदस्य लक्ष्मण विश्वकर्माले जानकारी दिनुभयो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एकीकृत समाजवादी पर्वतका उपसचिव विराज हमालले गलत प्रवृत्तिको विरुद्ध जन्मिएको पार्टी देश र जनताको हितमा अग्रस्थानमा रहेको बताउनुभयो ।
गलत प्रवृत्ति, भ्रष्टाचारीलाई संरक्षण दिने, आफ्नालाई पोस्ने, किसानलाई रुहाउने, अपराधीलाई बचाउने, जनतालाई विभिन्न प्रकारका निरंकुश लाध्ने,व्यवस्था, संविधान र कानुनकै धज्जी उडाउने अहंकारी र व्यक्तिवादी प्रवृत्ति निकै घातक बन्दै गएको कारण एमालेबाट विद्रोह गरि नेकपा एकीकृत समाजवादी स्थापना भएको हमालले बताउनुभयो । स्थानीय तहको निर्वाचनमा समय र परिस्थितिको आत्मसात गर्दै सत्तारूढ ५ दलले चुनावी गठबन्धन गर्नुपरेको बताउनुभयो । यहीँ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनको मर्म र भावनालाई आत्मसात गरि नागरिकहरु सचेत भएर गठबन्धनका साझा उमेदवारलाई जिताउन आग्रह गर्नुभयो ।देश, संबिधान र लोकतन्त्रको रक्षाका लागि सत्तारुढ गठबन्धनले महत्त्वपूर्ण भुमिका खेलेको बताउदै यो चुनावमा नेपाली जनताले गठबन्धनलाई जिताउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादी पर्वतका सचिवालय सदस्य विकास रेग्मीले पार्टीमा युवा नेतृत्व क्रियाशिल भएको बताउदै राजनीतिसँगै हरेक सकारात्मक परिवर्तनमा युवाहरूको अहम् भुमिका रहेको बताउनुभयो ।
अनेरास्ववियू महाशिला गाउँपालिकाका अध्यक्ष सागर कोइरालाको स्वागत रहेको कार्यक्रमको संचालन सन्तोष सुनामले गर्नुभएको थियोे ।