15.1 C
Kathmandu
Monday, March 16, 2026

गठबन्धनमा महानगरको भागबन्डा मिल्यो, पोखरा महानगर एकीकृत समाजवादीलाई!

काठमाडौं । सत्तारुढ गठबन्धनमा महानगरपालिका भागबण्डामा सहमति जुटेको छ । आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले ६ वटा महानगरपालिकामध्ये तीन वटा कांग्रेसले लिने र एक एक वटा माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले लिने सहमति भएको हो।

बालुवाटार स्रोतका अनुसार शिर्ष नेताहरुबीच भएको सहमतीमा कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व लिने भएको छ । बाँकी तीन वटा महानगरपालिकामध्ये माओवादी केन्द्रले भरतपुर, जसपाले वीरगञ्ज र एकिकृत समाजवादीले पोखरा महानगरपालिकाको नेतृत्व गर्नेछ ।

गठबन्धनबीच जुटेको यो सहमती पत्र आज साँझसम्म बाहिर आउनेछ। यहि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा सत्ता गठबन्धनले चुनावी तालमेल गर्ने भनेपनि दलहरुका स्थानिय तहका नेता, कार्यकर्ताहरु पुर्ण रुपमा सहमत हुन नसक्दा किचालो उत्पन्न भएको थियो ।

ताजा

Related Articles