28.1 C
Kathmandu
Tuesday, July 16, 2024

दुर्लुङमा नेकपा एकीकृत समाजवादीको वडा कमिटी गठन!

पर्वत/कुश्मा नगरपालिका -३, दुर्लुङमा नेकपा (एकीकृत समाजवादी)को वडा कमिटी गठन गरिएको छ । पर्वतका एमाले सांसद पदम गिरिको वाड समेत रहेको दुर्लुङ्गमा पुराना बामपंथी नेता ढुनबहादुर गुरुङको अध्यक्षतामा समाजवादीको वडा कमिटी गठन गरिएको एकीकृत समाजवादी पर्वतका उपसचिव सन्तोष न्यौपानेले जानकारी दिनुभयो।


कमिटीको उपाध्यक्ष सुस्मिता नेपाली, सचिवमा सदिच्छा पोख्रेल लगायत १५ सदस्यीय वाड कमिटी गठन गरिएको हो । भेलालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा पर्वत जिल्ला अध्यक्ष मोतीप्रसाद पौडेलले समाजवादीको लहर गाउँगाउँ र टोलटोलमा पुगेको बताउनुभयो । पौडेलले भन्नुभयो “समाजवादीको लहर गाउँगाउँ र टोलटोलमा पुगिसकेकोले अरुले सोचेजस्तो समाजवादी पार्टी कमजोर छैन ।” “पर्वत जिल्लामा मात्र नभएर हरेक वाड र पालिकाहरुमा गठबन्धनको भएरै चुनावमा एकसाथ अगाडि बढिनेछ ।”

केन्द्रिय निर्वाचन आयोगका सदस्य तथा भूमि आयोग पर्वतका अध्यक्ष उदय सुवेदीले केन्द्रको निर्देशन अनुसार नै आफूहरु अगाडि बढ्ने बताउँनुभयो । गठबन्धनको मर्म र औचित्य अनुसार नै आफूहरु अगाडि बढ्ने भएको हुँदा गठबन्धनलाई एकीकृत समाजवादीबाट धोका हुने कुरा सोच्न पनि नसकिने सुवेदीको भनाई रहेको थियो ।
एकीकृत समाजवादी प्रदेश कमिटी सदस्य तथा फलेवास नगरकमिटी अध्यक्ष कृष्णप्रसाद लम्सालले बाहिर जे जस्तो कुरा चलेपनि गठबन्धन भएरै छाड्ने बताउँनुभयो । छिटै गठबधनको बैठक बसेर पालिका र वाडहरुको टुङ्गो लगाइने लम्सालको भनाई रहेको थियो । कार्यक्रममा के. प. सदस्य क. प्रेम गुरुङ, जिल्ला उपाध्यक्ष कमरेड ठाकुर शर्मा लगायतको उपस्थिति रहेको कार्यक्रमको संचालन जिल्ला उपसचिव  सन्तोष न्यौपानेले गर्नुभएको थियो ।

ताजा

Related Articles