12.1 C
Kathmandu
Saturday, February 7, 2026

अनेरास्ववियू पिएन क्याम्पस र जिल्ला कमिटीद्वारा शुभकामना आदानप्रदान तथा गोजीपात्रो वितरण!

कास्की/नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस कमिटी र जिल्ला कमिटीको आयोजनामा नयाँ बर्ष २०७९ को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा गोजि पात्रो बितरण कार्यक्रम सम्पन भएको छ । कार्यक्रममा बोल्दै  अनेरास्ववियू उपमहासचिव तथा नेकपा एस कास्की सचिवालय सदस्य राजन शर्मा पराजुलीले विद्यार्थीको हक हितको रक्षा गर्दै समाजवादी शिक्षा नितिलाई कार्यनयन गर्नु पर्ने बताउनुभयो  । कार्यक्रमका अथिती अनेरास्ववियू स्थायी कमिटी सदस्य सन्तोष न्यौपानेले नजिकिदै गरेको स्थानीय सरकारको निर्वाचनमा विद्यार्थीको प्रिय चिन्ह कलममा मतदान गरेर नेपालको संविधान र त्यसले दिएका सबै उपलब्धिको रक्षा गर्दै विकास र समृद्धिको बाटोमा देशलाई लान आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा युवा संघ नेपाल स्याङ्जाका अध्यक्ष सन्तोष सापकोटा, अनेरास्ववियू सचिवालय सदस्य सुर्यदेव लामिछाने, रसिका भण्डारी, अनेरास्ववियू गण्डकी उपाध्यक्ष सचिन लुइँटेल, अनेरास्ववियू महानगर संयोजक संगम आचार्य, जिल्ला अखिल फोर्स संयोजक प्रवेश ठकुरी लगाएत उपस्थिति थियो । अनेरास्ववियू जिल्ला कमिटी कास्कीका अध्यक्ष ब्रजाराज अधिकारीको अध्यक्षता, सन्तोष पौडेलको स्वागत मन्तव्य र कार्यक्रमको संचालन रसिक न्यौपानेले गर्नुभएको थियो।

ताजा

Related Articles