23.1 C
Kathmandu
Monday, July 15, 2024

महाशिलामा सत्तारूढ दलहरूबिच चुनावी गठबन्धन हुने, चुनाव सहजताका लागि संयुक्त कार्यालय स्थापना!

लक्ष्मण विश्वकर्मा, पर्वत/स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा पर्वतको महाशिला गाउँपालिकामा सत्तारूढ दलहरूले चुनाव लक्षित संयुक्त सम्पर्क कार्यालय स्थापना गरेका छन् । महाशिलामा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले चुनावी गठबन्धन गर्ने भएपछि निर्वाचन सहजताका लागि वडा नं. ५ लुँखु एकपाटेमा सोमबार  कार्यालय स्थापना गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य खरिलाल पौडेलले गणतन्त्र र संविधान रक्षाका लागि ५ दलिय गठबन्धन आवश्यकता भएको बताउनुभयो । त्यस्तै नेपाली काँग्रेस पर्वतका सचिव अशोक उचै ठकुरीले नेकपा एमाले सरकारले पालिका गरेको गलत क्रियाकलापको विरुद्ध गठबन्धन गरेर चुनावमा जानुको विकल्प नभएको बताउनुभयो । पालिकाले संचालन गरेका हरेक कार्यमा अनियमितता र भ्रस्टाचार भएको बताउदै गलत कामको बारेमा जनतालाई स्पष्ट बुझाएर चुनाव जित्ने वातावरण बनाउनुपर्ने उहाँले बताउनुभयो । अधिनायकवाद प्रवृत्तिलाई परास्त गर्न संयुक्त गठबन्धन गर्नुपर्ने नेकपा एकीकृत समाजवादी पर्वतका उपसचिव विराज हमालले बताउनुभयो ।
देश,संविधान र लोकतन्त्रको रक्षा गर्दै भ्रष्टाचार,नातावादा, कृपावाद र व्यक्तिवादी गलत प्रवृत्ति विरुद्ध गठबन्धन एक भएर लाग्नुपर्ने बताउनुभयो । महाशिलाको हरेक बेथितिको चिर्नका लागि देशका ७ सय ५२ स्थानीय तहमा गठबन्धन नभएपनि महाशिलामा गठबन्धन हुने हमालले बताउनुभयो ।
व्यक्तिवादी प्रवृत्ति, घमण्ड, अहंकार, नाताबाद र कृपावादको विरुद्ध सत्तारूढ ५ दलले चुनावी गठबन्धन गर्नुपरेको उहाँको भनाइ थियो । स्थानीय तहको निर्वाचन नजिकिँदै गरेको बताउदै समय परिस्थितिलाई बुझेर नागरिकहरु सचेत भएर गठबन्धनका साझा उमेदवारलाई जिताउन आग्रह गर्नुभयो । नेपाली काँग्रेस महाशिलाका सभापति उज्ज्वल गुरुङले देश, संबिधान र लोकतन्त्रको रक्षाका लागि सत्तारुढ गठबन्धनले महत्त्वपूर्ण भुमिका खेलेको बताउदै यो चुनावमा नेपाली जनताले गठबन्धनलाई जिताउनुपर्ने बताउनुभयो । एमालेका नेताहरूलाई संकेत विभिन्न व्यक्तिहरुको झुटो आश्वासनमा नफस्न गुरुङले आग्रह गर्नुभयो । यहीँ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महाशिलाका जनताहरु सचेत भएर सत्तारूढ गठबन्धनका उमेदवारलाई भोट हालेर विजयी गराउन अनुरोध गर्नुभयो ।जनतामाझ पुग्दा गठबन्धनबाट साझा चुनावी नारा बनाएर प्रचारप्रसारमा जुट्नुपर्ने नेताहरूको भनाइ थियो ।
नेपाली काँग्रेस महाशिलाका सभापति उज्ज्वल गुरुङको अध्यक्षता राष्ट्रिय जनमोर्चा महाशिलाका संयोजक कृष्ण क्षेत्रीको स्वागत मन्तव्य र कार्यक्रमको संचालन नेपाली काँग्रेस पर्वतका सदस्य किसान थापाले गर्नुभएको थियोे ।

ताजा

Related Articles