28.1 C
Kathmandu
Tuesday, July 16, 2024

स्थानीय तहको चुनावका लागि ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमानाका बन्द गर्ने निर्णय

काठमाण्डाै/ स्थानीय तह पालिका चुनावका लागि ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमा नाका बन्द गर्ने दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्णय गरेको छ ।

भारतको मधुवनी जयनगरमा बसेको दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले वैशाख ३० गते हुने पालिका चुनावका लागि ७२ घण्टा अगाडिदेखि सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । खुल्ला सीमा नाकाका कारण चुनावका बेला हुनसक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सीमा नाका बन्द गर्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

बैठकमा सीमा वारपारको सम्बन्ध, दशगजाको व्यवस्थापन, दुईपक्षको आन्तरिक सुरक्षा, तस्करी न्यूनीकरणलगायतका विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो ।

ताजा

Related Articles