28.1 C
Kathmandu
Tuesday, July 16, 2024

कुनै सुविधा नलिने फलेवास नगर प्रमुख तिवारीको घोषणा

पर्वत-फलेवास नगरपालिकाका निर्वाचित नगरप्रमुख गंगाधर तिवारीले नगरपालिकाबाट आफुले पाउने पारिश्रमिक लगायतका कुनै पनि सेवा वा सुविधा नलिने घोषणा गरेका छन् । शुक्रवार पदभार ग्रहण प्रश्चात संचारकर्मीसँग कुराकानी गदै उनले जनप्रतिनिधि जनताको सेवक भएको बताउँदै नगरको गाडी र तलबभत्ता नलिने घोषणा गरेका हुन् ।

आफू आर्थिक उपार्जनको लागि राजनीति नगरेको भन्दै उनले सरकारी सेवा सुविधाहरु जनताले नै प्रयोग गर्नपाउनुपर्ने धारणा राखे । पदभार ग्रहण पछि उनले आफू शासक नभई जनताको सेवक बन्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

उनले जनताको पक्षमा निस्वार्थ काम गर्नाका लागि आफूले कुनै सुविधा नलिने प्रतिबद्धता जनाए । नगर प्रमुख तिवारीले जनताले तिरेको पैसाबाट आफूले चियासमेत नखाने र कसैलाई नखुवाउने पनि उल्लेख गरे । नगरको समृद्धि र विकास गर्न आफनो एकमात्र ध्येय रहेको भन्दै उनले स्थानीय सरकारले हरदम जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाए ।

प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद श्रेष्ठले कार्यालयको अफिसियल नम्बर भएको मोवाईल फोन दिएपनि तिवारीले सिम कार्ड लिएर मोवाईल फोन कार्यालयलाई नै फिर्ता गरेका छन् ।

ताजा

Related Articles