28.1 C
Kathmandu
Monday, July 15, 2024

आइएमी लाइफ इन्स्योरेन्सद्वारा थापाको मृत्युदाबी ३१ लाख ५ हजार भुक्तानी!

बागलुङ – आइएमइ लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ ।शुक्रबार कम्पनीको बागलुङ शाखाले बडिगाड गाउँपालिका वडा नम्बर १ नेपानेकी बिमित सावित्रा थापाको मृत्यु पश्चात बिमितका इच्छाएको व्यक्ति उहाँका श्रीमान बेलबहादुर थापालाई बिमा योजना अन्तर्गतको दाबी भुक्तानी गरेको हो ।

आइएमइ लाईफ ईन्स्योरेन्सका गण्डकी प्रदेशका एरिया ब्रान्च मेनेजेर कृष्ण पौडेलले ३१ लाख ५ हजारको चेक सावित्रा थापाकी श्रीमान बेलबहादुर थापालाई हस्तान्तरण गर्नुभएको हो । ऐजेन्सी म्यानेजर मिना थापाले १५ लाखको जीवन बिमा गराउनुभएको थियो ।

दुर्घटनामा मृत्यु हुनुभएकी शावित्रा थापाले बिमा बापतको दुई किस्ता १ लाख ९५ हजार ४२ रूपैयाँ मात्र कम्पनीलाई बुझाउनुभएको थियो । कार्यक्रमका प्रमुख अथिति आइएमइ लाईफ ईन्स्योरेन्सका गण्डकी प्रदेशका एरिया ब्रान्च मेनेजेर कृष्ण पौडेलले आइएमई लाईफले मानिसहरुको जोखिम रोक्न र भविष्यको आर्थिक र सामाजिक जिवनलाई ध्यानमा राखेर विभिन्न कार्याक्रमहरुको ल्याएको बताउनुभयो ।

कार्यक्रमा सिनियर ऐजेन्सी म्यानेजर ममता शर्मा, नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारी र एजेन्सी मेनेजर मिना थापाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।कार्याक्रमको संचालन बाग्लुङ शाखाका प्रमुख इन्द्र शर्मा सापकोटा गर्नुभएको थियो ।

ताजा

Related Articles