28.1 C
Kathmandu
Tuesday, July 16, 2024

बिहादीमा आयआर्जनका लागि उद्यमशिलता तथा नेतृत्व विकास तालिम शुरु

पर्वत-पर्वतको बिहादी गाउँपाउँपालिका–३ रानीपानीमा आयआर्जनका लागि उद्यमशिलता तथा नेतृत्व विकास तालिम शुरु भएको छ । समाज सुधार सामुदायिक सिकाई (अध्ययन) केन्द्रको आयोजनामा शुरु भएको तालिम २९ गतेसम्म संचालन हुनेछ । युवालाई उद्यमशिल बनाउने तथा उद्यम र व्यावसाय सञ्चालन गर्नेतर्फ अग्रसर रहेकालाई आफ्नो व्यावसाय सञ्चालन गर्ने तौर तरिकाको बारेमा पशिक्षण गराईनेछ । तालिममा ३० जना भन्दा बढि युवाहरुको सहभागिता रहेको छ ।

तालिमको उद्घाटन नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य एवम् संविधान सभा सदस्य अर्जुनप्रसाद जोशीले व्यानर पढेर गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गदै नेता जोशीले राजनितिलाई उद्यमशिलता सँग जोड्नुपर्ने बताउनु भयो । ‘राजनिति गर्ने मान्छेले बेरोजगार नबसी कुनै न कुनै रुपले आम्दानीको श्रोत बनाइनुपर्छ । आम्दानीको श्रोत नहुने व्यक्ति राजनितिमा लाग्दा भ्रष्टाचार मौलाउने गरेको छ । राजनिति केवल सेवा मात्र हो । यो पेशा होइन । त्यसैले आम्दानीको आफ्नै श्रोत जुटाउनुपर्छ । अन्यथा भ्रष्टाचारको विकल्पै रहँदैन ।’ ‘राजनिति गर्ने व्यक्तिले आय आर्जनको श्रोत जुटाउनै पर्छ र कृषि क्षेत्रको उत्थान विना देशले कोल्टे फेर्दैन, नेता जोशीले भन्नुभयो ‘राजनिति गर्ने मान्छेले पेशा व्यवसाय गर्नु हुँदैन भन्ने गलत मान्यता राख्दा देश उभो नलागि भ्रष्टाचार मौलाएको छ ।,’

नेता जोशीले तालिम लिएका युवाहरूलाई केही गर्छु भन्ने उर्जाका साथ कामप्रति लगनशील भई आफ्नो योग्यता क्षमता बढाउँदै क्रियाशील हुन सुझाव दिनुभयो । ‘तपाईंहरूले आफूले मात्रै सिप सिकेर बस्ने होइन, अरु युवाहरुलाई पनि सिप सिकाएर आफ्नो खुट्टामा उभिन प्रेरणा दिनुहोला’ उहाँले भन्नुभयो, ‘आफू पनि बनौँ, अरुलाई पनि बनाऔँ ।’

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सदस्य अनिल मास्के, नेपाली काँग्रेस पर्वतका उपसभापति डाक्टर चुडामणि शर्मा, नेपाली काँग्रेस वडा कार्य समिति रानीपानीका सभापति नवराज शर्मा, नेपाली काँग्रेस बराचौरका सभापति हरिप्रसाद शर्मा, नेपाली काँग्रेस पर्वतका निवर्तमान जिल्ला सदस्य हर्कवहादुर सुनार, मोतीवहादुर कुवँर र रत्नवहादुर कुवँर लगायतले बोल्नुभएको थियो ।

कार्यक्रमको उद्देश्य माथि प्रकाश पादै प्रमुख प्रशिक्षक भवानी शर्माले युवालाई स्वरोजगार बनाई आफ्नो व्यावसाय आफै छनौट गर्न सक्षम बनाउने उद्देश्यले तालिमको आयोजना गरेको बताउनु भयो । समाज सुधार सामुदायिक सिकाई (अध्ययन) केन्द्रका अध्यक्ष हरि न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कविता भट्टाराई र कार्यक्रमको संचालन स्थानिय जयलाल पौडेलले गर्नुभएको थियो ।

ताजा

Related Articles