लक्ष्मण बि.सि, पर्वत-पर्वतको कुश्मा बजारमा बजार अनुगमन गरिएको छ । बिहिबार घरेलु तथा साना उद्योग कार्यालय पर्वतको आयोजनामा कुश्मा नगरपालिका ७ खरेहमा बजार अनुगमन गरिएको हो । अनुगमनका क्रममा पसलमा भेटिएका म्याद गुज्रिएका अखाद्य बस्तुहरुको नष्ट गरिएको छ । पसल दर्ता,नविबरण,मुल्यसुचि, बस्तुको उपभोग्य मिति, सरसफाइ लगाएतको अनुगमन गरिएको थियो । खाद्य स्वच्छता कायम गर्ने उद्देश्यले अनुगमन कार्यलाई निरन्तरता दिएकोघरेलु तथा साना उद्योग कार्यालय पर्वतकि प्रमुख मुना अधिकारीले जानकारी दिनुभयो । 
कार्यालयले व्यवसायीहरुलाई सचेत गराउदै म्याद गुज्रिएका अखाद्य बस्तुहरुको किनबेच नगर्न आग्रह गरिएको उहाँले बताउनुभयो । जिल्लाका बिभिन्न ठाउँमा महिनाको एकपटक र आवश्यकता अनुसार नियमित छड्के अनुगमनलाई समेत जोड दिएको अधिकारीले बताउनुभयो । सदरमुकामको बजार मात्र केन्द्रित नभई ग्रामीण भेगका बजारमा पनि अनुगमनलाई तिब्रता दिएको र अनुगमन पछि व्यवसायीहरु सजग भएको उहाँको भनाई छ । रङ मिसिएका तथा मानवीय स्वास्थ्यमा हानी पुग्ने खालका अखाद्य र म्याद गुज्रिएको सामान बिक्री गरेको भेटिएमा व्यवसायीलाई कानुन अनुसार कारबाही हुने बताउनुभयो ।
अनुगमन टोलि पसल पसल आएकोमा सचेत र सजग भएको भन्दै आगामी दिनमा म्याद सकिएका तथा अखाद्य बस्तु बिक्री नगर्ने र दर्ता नभएका पसल दर्ता गरिने व्यवसायीहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । घरेलु तथा साना उद्योग कार्यालयका नारायण प्रसाद शर्मा, केशव प्रसाद पौडेल, उद्योग बाणिज्य संघ पर्वतका सदस्य माया गिरी, उपभोक्ता मंचका अक्ष्यक्ष सरितादेवि भण्डारी, नेपाल पत्रकार महासंघ पर्वतका सदस्य लक्ष्मण बिश्वकर्मा, प्रहरी सहायक निरिक्षक गणेश बहादुर श्रीस लगायतको टोलिले बजार अनुगमन गर्नुभएको थियो ।

