11.1 C
Kathmandu
Monday, February 9, 2026

पर्वतका खानेपानी मुहानमा दिसामा पाइने किटाणु, पानी शुद्धिकरण गरेर पिउनुपर्ने ।

पर्वत -पर्वतका ७ वटै पालिकामा पिउने पानीका अधिकांश मुहानमा दिसामा पाइने किटाणु (कोलिफर्म) भेटिएको छ । जिल्लाभरका पालिकामा गरिएको पानीको नमुना परिक्षणमा कोलिफर्म उच्च मात्रामा भेटिएको हो । मंगलबार पर्वतको कुश्मामा आयोजित सरोकारवालासँग खानेपानीको गुणस्तर सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वस्थ्य कार्यालय पर्वतका निमित्त प्रमुख सन्तोष पौडेलले खानेपानीको अवस्थाबारे जानकारी दिदै जिल्लाका अधिकांश बासिन्दाले दुषित पानी पिउने गरेको बताउनुभयो ।  कार्यक्रममा स्वास्थ्य कार्यालय पर्वतका ल्याव टेक्निसियन मुना सापकोटाले खानेपानीका स्रोतमा दिसामा पाइने कीटाणु (कोलिफर्म) उच्च मात्रमा भेटिएको जानकारी दिनुभयो । उहाँका अनुसार कुस्मा नगरपालिका भित्रका ३१ ठाउँमा जलस्रोतमा परिक्षण गर्दा ८० प्रतिशत,फलेवास नगरपालिका भित्र १४ ठाउँ गर्दा ७८ प्रतिशत,मोदी गाउँपालिकामा १५ ठाउँमा परिक्षण गर्दा ६६ प्रतिशत,महाशिलाका १३ ठाउँमा परिक्षण गर्दा ६१ प्रतिशत,पैयुँका १४ ठाउँको परिक्षण गर्दा ५७ प्रतिशत र बिहादीका १२ ठाउँमा परिक्षण गर्दा ७५ प्रतिशतमा कीटाणु (कोलिफर्म) फेला परेको हो । कोलिफर्मको कारण झाडापखाला, हैजा, भाइरल ज्वरो र रूघाखोकी लगायत महामारीजन्य रोगको सक्रमण हुने खतरा बढेको उहाँले बताउँनुभयो । कार्यक्रममा दुषित पानी पिउँदा लाग्न सक्ने रोगको बारेमा पर्वत अस्पतालका मेडिकल अधिकृत सुरज नेपालीले जानकारी दिनुभयो ।दुषित खानेपानीका कारण धेरै रोग लाग्ने भएकाले पानी शुद्धिकरण गरेर पिउनुपर्ने  बताउनुभयो । बार्खायाममा अझ बढी किटाणु भेटिने हुँदा पानी फिल्टर गरेर अथवा उमालेर मात्र पिउन उहाँले सुझाव दिनुभयो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम वि.कले जनप्रतिनिधि भौतिक संरचना निर्माणमा होडबाजी गरेको तर जनताका आधारभुत आवश्यकतामा ख्याल नपु¥याको बताउँनुभयो । वि.कले खानेपानीबाट नै मानिसमा धेरै रोग लाग्ने भएकाले गाउँगाउँमा खानेपानी शुद्धिकरण सम्बन्धी संचेतना कार्यक्रम चलाउँन जरुरी रहेको बताउँनुभयो । उहाँले जिल्ला बासीलाई शुद्ध पानी खुवाउँन पर्वतका सातै स्थानिय तह र सरोकारवाला निकाय संग समन्वयात्मक भुमिका खेल्ने प्रतिबद्धाता जनाउँनुभयो । कार्यक्रममा उपस्थित सरकारी कार्यलयका प्रतिनिधि,जनप्रतिनिधि,पत्रकार लगायतले आफ्ना भनाई राखेका थिए ।

जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम वि.कको अध्यक्षतामा समपन्न भएको कार्यक्रममा स्वागत स्वास्थ्य कार्यलय पर्वतका निमिक्त प्रमखु सन्तोष पौडेल र सञ्चालन कार्यालयका ल्याब टेक्निसियन मुना सापकोटाले गर्नुभएको थियो ।

ताजा

Related Articles