28.1 C
Kathmandu
Tuesday, July 16, 2024

फलेवासको बजेट १ अर्ब ५ करोड ५८ लाख, शिक्षा, स्वास्थ्य,कृषि,पूर्वाधार र पर्यटन प्राथमिकतामा

पर्वत-पर्वतको फलेवास नगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/०८० को लागि बजेट नीति तथा कार्यक्रम पारित भएको छ । फलेवास नगरपालिकाको आईतवार राती सम्पन्न एघारौँ नगरसभाले नगरप्रमुख गंगाधर तिवारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपप्रमुख शोभाकुमारी क्षेत्रीले पेश गर्नुभएको आगामी आर्थिक वर्षको बजेट नगरसभाले पारित गरेको हो ।

फलेवास नगरपालिकाले आगामी आर्थिक वर्षमा चालु तथा पूँजीगत तर्फ एकमुष्ठ १ अर्ब ५ करोड ५८ लाख १ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएकोमा नगरसभाले पारित गरेको हो । तिवारीले प्रस्तुत गर्नुभएको नीति तथा तथा कार्यक्रम र क्षेत्रीले प्रस्तुत गर्नुभएको बजेट ध्वनी मतले पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । फलेवासमा चालु तर्फ ४३ करोड ८ लाख ८ हजार , सामाजिक सुरक्षा तर्फ १५ करोड, पूजिँगत तर्फ ४७ करोड ४९ लाख ९३ हजार बजेट बिनियोजन भएको छ ।

आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, विपद व्यवस्थापन शिर्षकमा विषयगत समितिमा दफावार छलफल पछि प्रस्तुत भएको बजेटमा नगरसभा सदस्यहरुले वहुमत सहित पारित गरेको बजेट नीति तथा कार्यक्रम नगरसभा बाट पारित गरेका हुन् । साथै न्यायिक समिति गठन सम्वन्धि प्रस्ताव, लेखा समिति गठन सम्वन्धि प्रस्ताव, विधायन समिति गठन सम्वन्धि प्रस्ताव, आर्थिक विधेयक, २०७९, विनियोजन विधेयक, २०७९, साझेदारी कार्यक्रम संचालन तथा व्यवस्थापन विधेयक, २०७९ पनि सभाबाट पारित भएका छन् । फलेवासका सबै ११ वटै वडाका सडक कालोपत्रे तथा ग्राभेल गरि पाँच वर्ष भित्र स्तरउन्नती गर्ने, नगरवस सेवा सञ्चालन गर्ने, कालीगण्डकी वहुउदेश्यिय परियोजनाको पूर्णता, आगामी वर्ष सम्म प्रसासनिक भवन निर्माणको काम सम्पन्न गर्ने कार्यक्रम प्राथमिकतामा रहेको छ ।

कृषि, शिक्षा, स्वास्थ्य पूर्वाधार विकास, पर्यटन प्रर्बदन गर्ने कार्यक्रमलाई फलेवास नगरपालिकाले प्राथमिकतामा राखेको छ । अघिल्लो कार्यकालमा शुरु भएका नगरका गौरवका आयोजनालाई यो कार्याकालमा पनि निरन्तरता दिइएको छ । फलेवास नगरपालिकाले यूवालाई रोजगारी सृजना, कृषिको आधुनिकिकरण, स्वास्थ्यचौकीको सेवा सुधार, सामूदायिक क्याम्पस र विद्यालयको शैक्षिक स्तर उकास्ने कार्यक्रम तय गरेको छ ।

फलेवास नगरपालिकालाई नमूना नगरपालिका बनाउन सबैको साथ र सहयोग चाहेको नगरप्रमुख गंगाधर तिवारीले बताउनुभएको छ । उहाँले सबैको साथ र अपनत्व सहित आगामी वर्षको बजेट पारित हुने तिवारीले बताउनुभयो ।

ताजा

Related Articles