20.1 C
Kathmandu
Sunday, March 15, 2026

फलेवास नगरद्वारा कुर्घामा सार्वजनिक सुनुवाइ तथा विकास संवाद कार्यक्रम सम्पन्न।

पर्वत-पर्वतको फलेवास नगरपालिका वडा नं. १० कुर्घामा सार्वजनिक सुनुवाइ तथा विकास संवाद कार्यक्रम सम्पन्न भएको छ । फलेवास नगरपालिकाको आयोजनामा उक्त कार्यक्रम बुधबार सम्पन्न भएको हो । उक्त कार्यक्रममा आर्थिक बर्ष २०७७/०७८ को अन्तिम चौमासिक र आर्थिक बर्ष २०७८/०७९ मा फलेवास नगरपालिकामा संचालित योजना तथा कार्यक्रमहरुको बारेमा नागरिकलाई जानकारी गराइएको छ । कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले सुशासन र पारदर्शितामा जोड दिदै जनताले प्रत्यक्ष अनुभव गर्ने खालका विकास निर्माणका कार्यमा जोड दिने बताउनुभयो । विकासका निर्माणका सवलमा कसैलाई पक्षपात नगरी आवश्यक र औचित्यका आधारमा सबै वडामा समान कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । शिक्षा, स्वास्थ्य,कृषि, पूर्वाधार विकास, पर्यटन प्रर्बदन गर्ने कार्यक्रमलाई फलेवास नगरपालिकाले प्राथमिकतामा राखेको तिवारीले बताउनुभयो ।

स्थानीय तहबाट सञ्चालित विकास कार्यक्रम बारे जानकारी गराउने, सार्वजनिक सेवा प्रवाह, सेवा सुविधा सार्वजनिक गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौडेल बताउनुभयो ।

त्यस्तै नागरिकबाट जिज्ञासा संकलन गर्ने, सुझावहरु, समस्याहरु र समाधानका उपायहरु तथा भएका प्रयासहरु बारे छलफले र समीक्षा गर्ने,भावी कार्यक्रमको बारेमा सुझाव संकलन गर्ने तथा जानकारी गराउने पारदर्शिता, जवाफदेहीता र गुणस्तर बृद्धिमा सहयोग पुर्याउने,विकास प्रक्रियामा नागरिकको प्रतिनिधित्व र अपनत्व बढाउन सहयोग गर्ने, सेवा प्रवाह थप गुणस्तरीय र प्रभावकारी बनाउन सार्वजनिक सुनुवाइ तथा विकास संवाद कार्यक्रमले सहयोग पुर्याउने उहाँले बताउनुभयो ।

सार्वजनिक सेवा प्रबाह तथा योजना कार्यक्रमका बारेमा नगरका योजना अधिकृत प्रकाश लम्सालले जानकारी गराउनुभएको थियो । योजना कार्यक्रमका बिषयमा नागरिकस्तरबाट आएका जिज्ञासा्को समाधान गर्दै नीति बिधि र प्रक्रिया अनुसार कार्यक्रम संचालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न उपभोक्ता समितिका अध्यक्ष तथा प्रतिनिधि,सरोकारवाला व्यक्तिहरुको लगायतको उपस्थित रहेको थियो । वडा अध्यक्ष अमर बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन पत्रकार लक्ष्मण विश्वकर्माले गर्नुभएको थियो ।

ताजा

Related Articles