अरिङ्गालको टोकाइबाट पर्वतका एक युवाको मृत्यु!

1974

पर्वत-अरिङ्गालको टोकाइबाट पर्वतका एक युवाको मृत्यु भएको छ। पर्वतको कुश्मा नगरपालिका-१ का ३४ वर्षीय श्रीराम परियारको मृत्यु भएको हो । अरिङ्गाल पोल्ने क्रममा टोकेर गम्भीर घाइते भएपछि धौलागिरी अस्पताल बागलुङमा लगिएको र उपचारका क्रममा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

परियार गए राति घर नजिककैको जङ्गलमा अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेपछि गम्भीर घाइते भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here