10.1 C
Kathmandu
Monday, February 9, 2026

फलेवासमा भुमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासी व्यवस्थापन सम्बन्धी अन्तरक्रिया,आयोगले द्रुत गतिमा काम गरिरहेको सुवेदीको भनाइ

लक्ष्मण विश्वकर्मा,पर्वत-पर्वतको फलेवास नगरपालिकामा भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय भुमि आयोग पर्वतको आयोजना र फलेवास नगरपालिकाको व्यवस्थापनमा उक्त कार्यक्रम आज सम्पन्न भएको हो ।जिल्लाका भुमिहिन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई लाई जग्गा उपलब्ध गराउने प्रयोजनका लागि पालिकाहरुमा अन्तरक्रिया कार्यक्रम गरिएको राष्ट्रिय भुमी आयोग जिल्ला समिति पर्वतका अध्यक्ष उदय सुवेदीले जानकारी दिनुभयो । वडा तथा पालिकामा समिति गठन गरि सात दिने सूचना प्रकाशन गरेर वडाभित्र रहेका भुमिहिन,सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलनमा जोड दिनुपर्ने बताउनुभयो ।

जिल्लाका सबै पालिकामा पुगेर अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको र भुमिहिन ,सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन प्रक्रिया अगाडी बढीसकेको सुवेदीले बताउनुभयो ।  राष्ट्रिय भुमि आयोग पर्वतले द्रुत गतिमा काम गरिरहेको बताउदै भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बासोबासीहरुले आ–आफ्नो वडामा गएर फाराम भर्न अनुरोध गर्नुभयो । आयोगले तोकेको ढांचा वमोजिम निवेदन फाराम भर्नुपर्ने बताइएको छ । त्यस्तै आफ्नो र आफ्नो परिवारको नाम जग्गाको लालपूर्जा नभएको हुनु पर्ने र अव्यवस्थितको हक मा १० बर्ष अघि देखि बस्दै आएको हुनु पर्ने सुवेदीले बताउनुभयो ।वडा पालिका हुँदै सबै प्रक्रिया पूरा भएर भुमि आयोग जिल्ला समितिमा आएका निवेदनका आधारमा लालपुर्जा वितरण गरिने उहाँले बताउनुभयो । कार्यक्रमा फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारी,उपप्रमुख शोभा कुमारी क्षेत्री, राष्ट्रिय भुमि आयोग पर्वतका सदस्य मन बहादुर पौडेल,फलेवास नगरपालिकाका वडाअध्यक्षहरु ,वडा सचिवहरु, सबै राजनीतिक दलहरु, पालिकाका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमको संचालन फलेवास नगरपालिकाका योजना अधिकृत प्रकाश लम्सालले गर्नुभएको थियो ।

ताजा

Related Articles