28.1 C
Kathmandu
Monday, July 22, 2024

घरेलु कार्यालयको नाम परिवर्तन: नयाँ नाम पर्यटन तथा उद्योग कार्यालय, अब पर्यटन सम्बन्धि कार्य पर्वतमै हुने

पर्वत-घरेलु तथा साना उद्योग कार्यालय पर्वतको नाम परिवर्तन भएर पर्यटन तथा उद्योग कार्यालय भएको छ । गण्डकी प्रदेश सरकार मन्त्रीपरिषदको मिति २०७९ भदौ २० गतेको बैठकको निर्णय अनुसार नाम परिवर्तन र कार्यविवरण थप भएको हो । नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन बमोजिम मिति २०७९ कार्तिक १ गतेबाट लागु हुनेगरी कार्यालयको नाम र कार्यविवरण परिवर्तन भएको कार्यालय प्रमुख मुना अधिकारीले जानकारी दिनुभयो । नाम परिवर्तन सँगै कार्य विवरण पनि थप भएको छ । कार्यालयको साबिकको कार्य विवरणमा पर्यटन सम्बन्धि कार्यहरू थप भएका छन् । ट्राभल तथा ट्रेकिङ एजेन्सी दर्ता अनुमति र नविकरण, पर्यटकीय होटल रिसोर्ट लज ट्राभल गाइड र्‍याफि्टङ लगायत साहसिक पर्यटन आदिको प्रवर्द्धन दर्ता अनुमति नविकरण र नियमन र बार्षिक विकास कार्यक्रम अनुसार पर्यटकिय पुर्वधारहरुको निर्माण तथा विकास गर्ने कार्य थपिएको अधिकारीले बताउनुभयो ।‍याफि्टङ लगायत साहसिक पर्यटन आदिको प्रवर्द्धन दर्ता अनुमति नविकरण र नियमन र बार्षिक विकास कार्यक्रम अनुसार पर्यटकिय पुर्वधारहरुको निर्माण तथा विकास गर्ने कार्य थपिएको अधिकारीले बताउनुभयो । 

ताजा

Related Articles