26.1 C
Kathmandu
Sunday, April 19, 2026

भारतको नयाँ दिल्लीका ८० प्रतिशत परिवार वायु प्रदूषणसँग सम्बन्धित रोगको चपेटामा

भारतको केन्द्रीय राजधानी दिल्लीमा बसोबास गर्ने झन्डै ८० प्रतिशत परिवारमा वायु प्रदूषणसँग सम्बन्धित रोग रहेको पाइएको छ ।

एक सर्वेक्षणको निष्कर्षसहित ‘बिजनेस स्ट्यान्डर्ड’ दैनिकले प्रकाशन गरेको खबरअनुसार  महानगर र आसपासको क्षेत्रमा बसोबास गर्ने झन्डै ८० प्रतिशत परिवारका कोही न कोही सदस्यलाई प्रदूषणसँग सम्बन्धित रोग भएको देखिएको छ । उनीहरूमध्ये १८ प्रतिशतले डाक्टर वा अस्पताल गएर रोगको उपचार खोजेका प्रतिवेदनमा उल्लेख छ ।

दिल्लीसहित भारतका विभिन्न सहरमा वायु प्रदूषणको अवस्था मानिसको स्वास्थ्यका लागि जटिल अवस्थामा पुगेको बेला सार्वजनिक भएको नयाँ सर्वेक्षण र त्यसका निष्कर्षलाई महत्त्वपूर्ण मानिएको छ । सर्वेक्षणमा १९ हजार जना मानिस सहभागी थिए ।

अहिले दिल्लीमा अत्यधिक वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकालको घोषणा गरिएको छ । दिल्ली सरकारले प्राथमिक विद्यालय बन्द गरेको छ । साना बालबालिकालाई घरबाट बाहिर ननिस्कन भनिएको छ । कर्मचारीलाई घरैबाट काम गर्न सुविधा दिइएको छ । विश्वको सबैभन्दा प्रदूषित राजधानी दिल्लीको हावा स्वास्थ्यका लागि गम्भीर जोखिम छ ।-एजेन्सी

ताजा

Related Articles