पर्वत- “एड्स अन्त्यका लागि समनताको सुनिच्चिता” भन्ने मुल नाराका साथ पर्वतमा ३५ औ विश्व एड्स दिवसका अवसरमा प्रभातफेरी तथा पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय पर्वत, पर्वत अस्पताल र कुश्मा नगरपालिकाको आयोजना, शान्तिदिप अस्पताल र औषधि व्यवसायी संघ पर्वतको सहयोग तथा सि.एस.जी. नेपालको प्राविधिक सहयोगमा उक्त कार्यक्रम आज सम्पन्न भएको हो ।
अन्तक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय पर्वतका नि प्रमुख शन्तोष पौडेलले अझै पनि समाजमा एचआईभी संक्रमितलाई हेर्ने दृष्टिकोण फरक भएका कारण उनिहरु समाजमा खुल्न नसकेको वताउदै सवैले सकारत्मक व्यवहार गर्नु पर्ने वताउनुभयो । उहाले एचआईभी रोगको वारेमा जानकारी गराउदै पर्वतको वर्तमान अवस्थाको वारेमा समेत जानकारी गराउनु भयो ।
पर्वतमा हाल कुल १२२ एचआईभी संक्रमितरहेको वताइएपनि ८५ जनाको मात्र रेकर्ड रहेको छ । जस मध्य ४ जनाको मृत्यू भएको ४ जना सम्पर्क भन्दा वाहिर रहेको, ३ जनाले अन्या जिल्लावाट औषधी लिइरहेको र ७४ जनाले पर्वत जिल्लावाट नियमित औषधी सेवन गर्दै गरेको स्वस्थ्य कार्यालयले जनाएको छ ।
पर्वतमा कुश्मा नगरपालिकामा ४४ जना फलेवास नगरपाािलकामा २५ जना मोदी गाउपालिकामा १९ जना जलजाला गाउपालिकामा १४ जना महाशिला गाउपालिकामा ११ जना, विहादी गाउपालिकामा ७ जना र पैँयु गाउपालिकामा २ जना गरि कुल १२२ जना एचआइभी संक्रमित रहेका छन् ।
कार्यक्रममा वोल्दै नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष शन्तोष थापाले एचआइभी संक्रमितहरुलाई हेला हैन माया गर्नुपर्ने वताउदै समाजमा खुलेर जिउने वातावरण गराउनुपर्ने वताउनु भयो ।
कार्यक्रममा सहभागीहरुले आवश्यक मात्रामा परिक्षण नुहदा समुदायमा संक्रमितको संख्या अझै वढ्न सक्ने सम्भावना रहेको वताएका छन् ।
स्वस्थ्य कार्यालयका नि. प्रमेख सन्तोष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य कार्यालयका लेखा अधिकृत राम चन्द्र पौडेलले गर्नुभएको थियो भने कार्यक्रमको संचालन नारायण रेग्मीले गर्नुभएको थियो ।