29.1 C
Kathmandu
Saturday, July 27, 2024

क्यान पर्वतको अध्यक्षमा अच्युत पौडेल चयन !

पर्वत-कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान महासंघ) पर्वत शाखाको पाँचौ अधिबेशन सम्पन्न भएको छ । सनिवार कुश्मामा सम्पन्न अधिवेशनले अच्युत पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा बिष्णु प्रसाद सुवेदी,सचीवमा भरत सापकोटा, कोषाध्यक्षमा मिलन सुवेदी र उपसचिवमा रमेश अधिकारीलाई चयन गरिएको छ ।
त्यसैगरी अधिबेशनले सदस्यहरूमा रामचन्द्र रेग्मी, प्रबेश पुरी, गीता हिताङ, गोबिन्द रेग्मीलाई चयन गरेको छ । साथै सनिवार बसेको कार्यसमितिको बैठकबाट आशिष पौडेल र सीता बिकलाई कार्यसमितिमा मनोनीत समेत गरिएको छ ।
यस अघि खड्क बहादुर गुरुङको अध्यक्षता भएको अधिबेशन उद्घाटन सत्रको क्यान पर्वतका सस्थापक अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी राजु पौडेलले ब्यानर पढेर उद्घाटन गरेका थिए । उक्त कार्यक्रमको स्वागत उपाध्यक्ष अच्युत पौडेलले र सन्चालन सचीव भरत सापकोटाले गरेका थिए । कार्यक्रममा सल्लाहकार हिम बहादुर पौडेल क्षेत्री र पुर्व अध्यक्षहरु राजु पौडेल, ढाकाराम सापकोटा, खड्क बहादुर गुरुङ, गोपिनाथ तिमिल्सिना लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।सर्वसम्मत नेतृत्व चयन गर्न निर्वाचन मण्डल र पूर्व अध्यक्षहरुले बिशेष पहल गरेका थिए । निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन मण्डलमा अधिबक्ता बिश्वराज पाण्डे, बालकृष्ण पौडेल र गोपिनाथ तिमिल्सिना रहेका थिए ।

ताजा

Related Articles