पर्वत-गण्डकी प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा ७ औं पर्वत महोत्सवको तयारी पूरा भएको छ ।
पर्वत उद्योग वाणिज्य संघको आयोजनामा यहीँ माघ ११ देखि २१ गतेसम्म पर्वतको कुश्मामा संचालन हुने महोत्सवको सबैजसो तयारी पूरा भएको सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि महोत्सवले फाइदा पुराउने अपेक्षा गरिएको छ ।
महोत्सवको मुल आयोजक पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष गोपी अधिकारीले तयारीका सबै काम अन्तिम चरणमा पुगेको र दर्शकलाई स्वागतका लागि तयार भएर बसेको बताउनुभयो । महोत्सबको माघ ११ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । गिरी पर्वत जिल्लाबाट इतिहासमा पहिलो पटक क्याबिनेट मन्त्री बन्नुभएको छ ।
मुल आयोजकका अनुसार २ सय ५० वटा स्टल मध्ये अधिकाँश बुक भैसकेका छन । यस पटक स्थानिय ब्यबसायीलाई ५० प्रतिशत छुटमा स्टल सुबिधा दिइएका कारण स्थानिय ब्यबसायीहरुले नै बढी स्टल लिएका छन । महोत्सबमा बाहिरबाट ब्यापारी आउने र स्थानिय ब्यबसायीले उल्टै नोक्सानी बेर्होनुपर्ने गुनासा यस अघि आएका कारण स्टलमा स्थानिय ब्यबसायीलाई नै प्राथमिकता दिइएको अध्यक्ष अधिकारीको भनाई छ । स्थानिय लघु, घरेलु, तथा ब्यबसायीलाई समेत निशुल्क स्टलको सुबिधा दिइएको छ । स्थानिय उत्पादनको बजारीकरणमा सहयोग गर्न निशुल्क स्टल दिइएको छ ।
महोत्सवमा रु. ५ करोड भन्दा बढिको कारोबार गर्ने अपेक्षा लिईएको छ । समग्र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन, पर्वत जिल्लाका ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलको प्रचार प्रसार, पर्वत जिल्लामा उत्पादित बस्तुहरुको प्रवद्र्धन र प्रचार प्रसार, लोक संस्कृतिको संरक्षण र सम्वद्र्धन, स्थानीय उत्पादन, उद्योग, व्यापार र व्यावसायको विस्तार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउने महोत्सवको उद्धेश्य रहेको छ ।
महोत्सवमा विश्वकै अग्लो बञ्जिजम्प, जिपफ्लाईङ्ग, कालीगण्डकी नदिमा ¥याफ्टीङ, नेपालकै अग्ला र लामा झोलुङ्गे पुल, कुश्मा बलेवा यान्त्रिक पुल, गुप्तेश्वर र अलपेश्वर गुफाको अबलोकन, अल्लोको कपडा, लोक्ताको नेपाली कागज, सुन्तलाको जुस, मह, जडिवुटी, अदुवा र लप्सीका परिकारहरुको प्रदर्शनी मुख्य आकर्षण रहेका छन् । महोत्सबमा सर्बाधिक राशीको गण्डकी प्रदेश पालिकास्तरीय भलिबल समेत आयोजना गरिएको छ । दुई लाख राशीको भलिबल प्रतियोगिता पर्वत जिल्लामा अहिले सम्मको सबैभन्दा ठुलो पुरस्कार राशी हो । यस्तै ५० हजार राशीको महिला भलिबल प्रतियोगिता पनि आयोजना गरिएको छ ।
त्यस्तै झाँकी प्रर्दशनी तथा जिल्ला स्थित विभिन्न जनजातिहरुका फरक फरक साँस्कृति कार्यक्रम, विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता, रत्यौली प्रतियोगिता, भजन प्रतियोगता, छेलो प्रतियोगिता, खुल्ला दौड, तिर हान्ने प्रतियोगिता राष्ट्रिय खानाका परिकार, स्थानीय उत्पादनहरुको विक्रि तथा औद्योगिक प्रदर्शनी, शैक्षिक, कृषि र फोटो प्रदर्शनी समेत गरिने भएको छ । त्यस्तै राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती, उत्कृष्ट स्टललाई पुरस्कारको व्यवस्था, पनि गरिने भएको छ । महोसत्व अवलोकन गर्नका लागि दर्शकहरुलाई रु १ सय रुपैयाको टिकट र विद्यार्थीलाई ४० प्रतिशत छुटको व्यवस्था गरिएको आर्थिक संयोजक ठाकुर बि पौडेलले जानकारी दिनुभयो ।