पैंयुमा वैदेशिक रोजगारीबाट फर्केका युवाद्वारा कृषि उपज प्रशोधन उद्योग संचालन!

355

लक्ष्मण बिसि,पर्वत-पर्वतको पैंयु गाउँपालिका वडा नं. ६ साधनेमा अर्गानिक खाद्य प्रशोधन तथा प्याकेजिङ उद्योग संचालन भएको छ । वैदेशिक रोजगारीबाट फर्केका स्थानीय युवा प्रेमचन्द्र भारतीले उक्त उद्योग संचालन गर्नुभएको हो ।
स्थानीय स्तरमा उत्पादित कृषि उपज तथा मसलाजन्य बस्तुको प्रशोधन, प्याकेजिङ र ब्राण्डिङ गरि बजारीकरण गर्ने उद्देश्यले करिब २५ लाखको लगानीमा उद्योग संचालन गरेको उद्योग संचालक भारतीले जानकारी दिनुभयो । करिब ५ बर्ष दुबैको मार्केटमा काम गरेर फर्किएको र अब आफ्नै देशमा केही गर्नुपर्छ  भन्ने सोचका साथ उद्योग संचालन गरेको उहाँले बताउनुभयो । विदेश गर्ने दुख आफ्नै देशमा गर्नुपर्ने र श्रम सिपको प्रयोग गरि आफू व्यावसायिक बन्दै अरुलाई पनि रोजगार दिने सोचमा रहेको बताउनुभएको छ । अबको दुई बर्ष स्थानीय उत्पादनलाई देश विदेश चिनाउन पहल गर्ने र आम्दानीतर्फ जोड दिने भारतीको भनाई छ । नेपालमा केहि गर्न पर्छ र सकिन्छ भन्ने इच्छाशक्ति र सकारात्मक सोचका साथ उद्योग संचालन गरेका प्रेमचन्दले स्थानिय स्तरमा रोजगारी सृजना गर्न, स्थानिय उत्पादनको बजारीकरण गर्न, स्थानिय उत्पादनको उचित मुल्य र नियमिता दिन र अर्गानिक खाद्य प्रशोधन तथा प्याकेजिङ उद्योगको स्थापना गरेको बताउनुभयो ।
उक्त उद्योगले कृषकबाट स्थानिय स्तरमा उत्पादन हुने विभिन्न वस्तुहरु जस्तै कोदो, मकै, बोडी, सिलाम, राज्मा, गुन्द्रुक, मस्यैरा जस्ता सामाग्री संकलन गरी प्रशोधन तथा प्याकेजिङ गरी बजारमा पुर्‍याउने काम गर्ने भारतीको भनाई छ । उद्योगले आफ्नो उत्पादनको बाण्ड गाउँले राखेको छ, साथै आफ्ना उत्पादनहरु फागुन १ गतेबाट बजारमा आउने जनाएको छ ।
आफुले संचालन गरेको उद्योगले स्थानिय स्तरको मात्र नभई देशकै अर्थतन्त्र बोलयो बनाउन सहयोग गर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो”नेपालमा विभिन्न खाद्यान्न खेरा गइरहेका छन्, खेरा जानुको अर्थ उचित मूल्य पाएका छैन्न वा प्रयोग हुने ठाँउमा प्रयोग गरिएको छैन् ।” यसैकुरालाई मध्य नजर गरि हामीले स्थानिय स्तरका अनाज तथा गेडागुडि (दान) लाई प्याकेजिङ तथा बरान्डिङ गरि बजारीकरण गर्ने बताउनुभयो । गाँउघरका कृषकहरुले हरेक उत्पादनको उचित मूल्य पाउने उहाँले बताउनुभयो ।
उद्यम गर्न चाहने कृषकहरुलाई प्रोत्साहन तथा सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले बताउनुभयो । प्रेमचन्द्र भारतीले संचालन गरेको उद्योगलाई मेसिनरी उपकरण खरिदका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पालिकाभित्र उद्योग संचालन गरि व्यवसायी र आत्मनिर्भर  बन्न चाहनेहरुका लागि पालिकाले सहयोग गर्ने ठकुरीले बताउनुभएको छ ।
उक्त उद्योगको यहीँ माघ १४ गते उद्घाटन र लोगो सार्वजनिक भएको छ । उद्योगको उद्धघाटन वडा अध्यक्ष गंगाधर अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधि, युवा बवसायी, सामाजिक व्यक्तित्व, कर्मचारी, शिक्षक, आमा समूह र अन्य व्यक्तिहरुको समेत उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here