20.1 C
Kathmandu
Tuesday, February 10, 2026

आभाष सेन्चुरीको शब्द संगीतमा तिर्खा बोलको गित बजारमा! (भिडियो सहित)

 

पर्वत-पछिल्लो समय उत्कृष्ट गितहरुको शब्द रचना गर्दै आइरहेका सर्जक आभाष सेन्चुरीको शब्द संगीतमा तिर्खा बोलको गित बजारमा आएको छ ।लोकप्रिय गायक कुशल बिश्वकर्मा र देवी घर्तिको आवाजमा रहेको उक्त गीत आभाष क्रियसन यूट्युब च्यानल मार्फत सार्बजनिक भएको हो । गितको भिडियो निर्देशन पनि आभाष सेन्चुरीले नै गरेका छन् भने भिडियोलाई राम केसीले खिचेका हुन् । म्युजिक भिडियोको सम्पादन पदम सुवेदीले गरेका छन । यस गीतको भिडियोमा आयुस्मा कार्की, राजेश बिसी र आभाष सेन्चुरीको अभिनय रहेको छ ।
पछिल्लो समय नेपाली सांगितिक बजार तात्दै गैरहेका बेला सेन्चुरीले मन छुने मार्मिक शब्दहरु समेटेर तिर्खा बोलको गित सिर्जना गरि बजाएरमा ल्याएका छन् ।अहिले प्रायःजसो दैनिक रुपमा नयाँ गीतहरु सार्वजनिक भैइरहेका बेला आफुले फरक किसिमको दर्शक स्रोताले रुचाउने खालको गित र भिडियो बजारमा ल्याएको उनले बताएका छन् ।
भर्खर मात्र बजारमा आएको “तिर्खा ” बोलको गीत निकै मिठो रहेको छ । उक्त गितलाई छोटो समयमा धेरैले मन पराएका छन् । यो गितमा थुप्रै दर्शकहरुले निकै सकारात्मक प्रतिक्रिया दिएको र गीतलाई अझ धेरै रुचाउने निर्माण टिमको बिश्वास रहेको छ ।https://m.youtube.com/watch?v=pfs59ZObv8M&feature=youtu.be

ताजा

Related Articles