28.1 C
Kathmandu
Tuesday, July 16, 2024

उद्योग तथा पर्यटन कार्यालय पर्वतद्वारा वार्षिक स्वीकृत कार्यक्रम बाहेक जनमुखी कार्य संचालन!

पर्वत-उद्योग तथा पर्यटन कार्यालय पर्वतले आर्थिक बर्ष २०७९/०८० को बजेटमा विनियोजन नभएका कार्यक्रमहरू पनि संचालन गरेको छ । कार्यालय संचालन तर्फको वजेट मितव्ययी रूपमा खर्च गरी जनमुखी कार्यक्रममा उपयोग गरिएको कार्यालय प्रमुख मुना अधिकारीले जानकारी दिनुभयो । वार्षिक स्वीकृत कार्यक्रम बाहेक उद्योग व्यवसाय दर्ता तथा नविकरण शिविर, होटल रेष्टुरेन्ट तथा मिठाइ पसलका उद्यमीहरुका लागि खाद्य स्वच्छता र गुणस्तर सम्बन्धि अभिमुखिकरण कार्यक्रम, खाद्य स्वच्छता र खाद्य सुरक्षा सम्बन्धि उपभोक्ता शिक्षा कार्यक्रम र निर्माण सम्बन्धि उपभोक्ताहरुको लागि अभिमुखिकरण कार्यक्रम संचालन गरिएको अधिकारीले बताउनुभयो । उक्त कार्यक्रमहरुले उद्योगी व्यवसायीहरुलाई महत्त्वपूर्ण फाइदा पुगेको उहाँको भनाइ छ ।

ताजा

Related Articles