28.1 C
Kathmandu
Tuesday, July 16, 2024

पञ्चासे सामाजिक उद्यमी महिला सहकारीको आठौं वार्षिक साधारण सभा सम्पन्न!

सपना क्षेत्री,पर्वत-पर्वतको मोदी गाउँ पालिका-८ चित्रे स्थित पञ्चासे सामाजिक उधमी महिला सहकारी संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उधमी बनौ उधम गरौ सहकारी माफर्त गरिवी निवारण गरौ भन्ने मुल नारा लिएर अगाडि बढेको सहकारी संस्थाको साधारणसभा सनिबार सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष सुक बाहादुर गुरुङले दिदि बहिनी मिलि सन्चालन गरेको सहकारी देखि धेरै खुसी लागेको बताउदै ऋण लिने र उत्पादन क्षेत्रमा लगानी गरि आम्दानी गर्न र जथाभावी फजुल खर्चलाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो । संस्थाले ७४ लाख सम्म बचत जम्मा गरेको बताइएको छ । कार्यक्रममा बोल्दै इनप्रेड नेपाल सस्था पर्वतका सामाजिक परिचालक बुद्ध पौडेलले यस संस्था ले गरेको बचत लगानी लाई अझै थप प्रेरणा दिनको लागि ईन्प्रेड नेपालले सहयोग गर्दै आएको र बिभिन्न क्षेत्रमा काम गरेको बताउनुभयो । पर्बत जिल्ला भरी नै ९ हजर दिदि बहिनि लाई लाभान्वित गरेको छ धेरै सहकारी संस्था हरु अहिले सुन मा आएका छन् धरासायी मा गएकाे बेला चित्रे दिदि बहिनि ले आफ्नो नै संस्था स्थापना गरि आफुले नै बचत गरि शेयर लगानी गर्ने वातावरण बनाउनु राम्रो भएको बताउनुभयो । विगत दश वर्ष अगाडि देखि सन्चालनमा आएको उक्त सहकारी संस्थाले अपार सफलता प्राप्त गरेको संस्थापक अध्यक्ष सुशीला गुरुङले बताउनुभयो । दिदि बहिनि मिलेर सन्चालनमा आएको र १०० रूपैयाँ बाट बचत गरेको सहकारीमा अहिले आएर बालबचत माषिक बचत र शेयर समेत जम्मा गर्ने र उधम गर्ने को लागि ऋण लिएर उधम गर्ने सकिने बताइएको छ । शेयर सदस्य १७८ र बाल बचतकर्ता ३१ जना रहेको यस संस्थाले सुरु सुरु मा १०० बाट सन्चालन रहेकोमा अहिले ५४ लाख जम्मा भएको छ। सुरुमा ऋण लिँदा खातामा मात्र तमसुक गराई दिने चलनबाट अहिले आएर सबै बचत ऋण कम्प्युटरबाट अपडेट गर्नु पर्नेछ । नियमित वचत गरौ र ऋण समयमा तिर्न बानीको बिकास गरि नियम कानुनमा सबैलाई समेटेर काम गर्ने सहकारीको नियम सबैले मान्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहकारीका उपाध्यक्ष मिठु क्षेत्री र वडा सदस्य भबिला शर्माले पनि यस संस्थाको थप सफलता प्राप्त होस् र अझै व्यवसायी होस सबैलाई आफ्नो वचत गर्न बानि को बिकास होस् भन्ने हेतुले सबै लाई थप प्रेरणा मिलोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो । उक्त कार्यक्रमको सन्चालन सविना ऐसीले गर्नु भएको थियो । कार्यक्रममा सहकारीका साधारण सदस्यहरु लगायतको उपस्थित रहेको थियो ।

ताजा

Related Articles