29.1 C
Kathmandu
Saturday, July 27, 2024

पर्वतको भोक्सिङमा बस दुर्घटना हुँदा चालक घाइते!

पर्वत- पर्वतको महाशिला गाउँपालिका वडा न. २ भोक्सिङ बाघमारा डाँडामा बस दुर्घटना हुँदा एक जना घाइते भएका छन् । पोखरा भोक्सिङ संचालन हुने ग.१ ख. ८५९७ नम्बरको यात्रु बाहक बस आज विहान स्टार्ट गर्ने क्रममा दुर्घटना हुँदा बस चालक दुर्गा बहादुर सुनार घाइते भएका हुन् । सुनारको खुट्टामा चोट लागेको छ भने स्वास्थ्य अवस्था समान्य रहेको प्रत्यक्षदर्शीले बताएका छन् । उनको हाल मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । बसमा अन्य यात्रु भने नरहेकाले मानविय क्षति हुन नपाएको स्थानियले बताए । बस करिब २ मिटर तल खसेको छ ।

ताजा

Related Articles