कार्यसम्पादन मुल्यांकनमा कृषि ज्ञान केन्द्र पर्वत गण्डकी प्रदेशमै सर्वोत्कृष्ट

135

पर्वत -कृषि ज्ञान केन्द्र पर्वत गण्डकी प्रदेशमै सर्वोत्कृष्ट कार्यालयको रुपमा छनौट भएको छ ।
गण्डकी प्रदेश सरकारले प्रदेशभरीका सवै कार्यालयको कार्यसम्पादन मुल्यांकनको आधारमा कृषि ज्ञान पर्वतलाई सर्वोत्कृष्ट घोषणा गरेको हो । प्रदेशका ११ वटै जिल्लामा रहेका कृषि ज्ञान केन्द्रमा उत्कृष्ट बनेको छ भने प्रदेश सरकार मातहतका सम्पुणर् कार्यालयहरु मध्येपनि सर्वोत्कृष्ट बनेको कृषि विकास निर्देशनालयले जनाएको छ ।
गत आर्थिक वर्षको कार्यसम्पादन मुल्यांकन, सेवा प्रवाह, बेरुजुको अवस्था, सशासन कायम, अन्तर निकाय समन्वय लगायत जिल्लाको कृषि क्षेत्रमा कार्यालयले गरेको रचनात्मक र समग्र कृषकहरुलाई उत्पादनमा केन्द्रीत गरी जिल्लाको समग्र उत्पादनमा समेत बृद्धि गरिएको लगायतका सुचकका आधारमा सर्वोत्कृष्ट घोषणा भएको हो ।
सिमीत श्रोत र साधनका बीच कर्मचारीहरुले निरन्तर गरेको लगतशिला, मेहनत र परिश्रमका कारण प्रदेशमै उत्कृष्ट बन्न सफल भएको कार्यालय प्रमुख बरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले बताउनुभयो । उहाँले कार्यालयको कामलाई आफु भन्दा पनि माथि राखेर काम गर्नुको प्रतिफल प्राप्त भएको बताउनुभयो ।
कृषि विकास निर्देशनालय पोखराका प्रमुख बासुदेव रेग्मीका अनुसार गण्डकी प्रदेशमै उत्कृष्ट हुनेमा कृषि विकास निर्देशनालय र मातहतका पर्वत, तनहुँ, लमजुङ र मुस्ताङ कृषि ज्ञान केन्द्र हुन । रेग्मीले सर्वोत्कृष्ट र उत्कृष्ट कार्यालयहरुलाई वधाई समेत ज्ञापन गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here