28.1 C
Kathmandu
Tuesday, July 16, 2024

पोखराको खुँडेपोखरीमा डुबेर पर्वतका बालकको मृत्यु

पोखरा-पोखरामा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नं. ५ स्थित खुँडेपोखरीमा डुबेर उनको मृत्यु भएको हो । मृत्यु हुनेमा पर्वत घर भइ पोखरा-५ धारापानीमा बस्दै आएका ४ वर्षीय सुहान केसी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार केसी सोमबार साँझदेखि हराइरहेका थिए ।

सोमबार बेलुका ७ बजेतिर घरबाट खेल्न निस्केका केसी अबेरसम्म घर नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेको थियो ।

त्यसपछि खटिएको प्रहरीको टोलीले केसीलाई पोखरीमा डुबेको अवस्थामा मृत भेटाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञान खड्काले बताए ।

बालकको शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको र आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको खड्काले बताए ।

बालक खेल्नेक्रममा तालमा खसेको हुन सक्ने प्रहरीको अनुमान छ ।

सशस्त्र प्रहरी बलको रेस्क्यु टोलीको सहयोगमा बैदाम प्रहरीले पोखरीबाट बालकको शव निकालेको हो ।

ताजा

Related Articles