11.1 C
Kathmandu
Monday, February 9, 2026

राष्ट्रिय भुमी आयोग पर्वतद्वारा ३ पालिकामा अन्तरक्रिया,भूमिहीन, सुकुम्बासी र अव्यवस्थितको रितपुर्वक निवेदन पठाउन सुवेदीको आग्रह!

लक्ष्मण बिसि,पर्वत – राष्ट्रिय भूमि आयोग जिल्ला समिति पर्वतले ३ वटा पालिकामा पुगेर अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ । जिल्लाको जलजला र बिहादी गाउँपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले भरेका निवेदन जिल्ला समितिमा रित नपुगी आएको हुँदा पालिका तथा वडामा पुगेर अन्तरक्रिया तथा सहजीकरण गरिएको जिल्ला समिति अध्यक्ष उदय सुवेदीले जानकारी दिनुभयो ।

राष्ट्रिय भूमि आयोग जिल्ला समितिको काम कर्तव्य, वडा तथा पालिकाको काम, निवेदकले फारम भर्ने प्रक्रिया र आवश्यक कागजातका बिषयमा वडा सचिव , पाकिकाका कर्मचारी र जनप्रतिनिधिहरुसँग छलफल गरिएको उहाँले बताउनुभयो । छ्लफलमा रितपुर्वक फारम भर्ने तरिका, मापदण्ड र वास्तविक भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीले पाउने जग्गाको बारेमा जानकारी गराइएको सुवेदीले बताउनुभयो । यस अघि पनि जिल्ला समितिले पर्वतका सातै पालिकामा पुगेर अन्तरक्रिया गरेको भएतापनि रित नपुगी निवेदन आएको बताउदै वडा तथा पालिकाले ध्यान पुर्याउनुपर्ने बताउनुभयो । जलजला गाउँपालिकाबाट भूमिहीन दलित २४, भूमिहीन सुकुम्बासी ८ र अव्यवस्थित बसोबासी ८२ गरि १ सय १४ वटा निवेदन प्राप्त भएका थिए । त्यस्तै बिहादी गाउँपालिकाबाट भूमिहीन दलित २०, भूमिहीन सुकुम्बासी १३ र अव्यवस्थित बसोबासी ७ गरि ४० वटा निवेदन जिल्ला समितिमा प्राप्त भएका थिए ।

जिल्ला समितिको बैठकमा उक्त निवेदनहरु जाचबुझ गर्दा दुबै पालिकाबाट प्राप्त निवेदन प्रक्रिया नपुगी आएका कारण प्रक्रिया पुरा गरि पठाउन पालिका नै पठाइएको उहाँको भनाइ छ । जिल्ला समिति पर्वतले आफ्नो काम कर्तव्यलाई जोड दिएको बताउदै जिल्ला समितिमा निवेदन नपठाएका पालिकाहरुलाई छिटोभन्दा छिटो निवेदन पठाउब आग्रह गर्नुभयो । त्यस्तै मोदी गाउँपालिका वडा नं.६ तिलाहारमा पनि अन्तरक्रिया भएको र महाशिला गाउँपालिकामा पनि अन्तरक्रिया कार्यक्रमको तयारी भएको जिल्ला समितिका अध्यक्ष सुवेदीले बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय भूमि आयोग जिल्ला समिति अध्यक्ष सुवेदी सहित सदस्य मन बहादुर पौडेल,नापी कार्यालय पर्वतका प्रमुख मुना अधिकारी, पालिकाका जनप्रतिनिधि, कर्मचारी र निवेदक लगायतको उपस्थिति रहेको थियो ।

ताजा

Related Articles