21.1 C
Kathmandu
Friday, April 17, 2026

क्यान पर्वतद्वारा संकलित सहयोग रकम हस्तान्तरण !

पर्वत-कम्प्युटर एसोसिएसन महासंघ नेपाल (क्यान) पर्वतले संकलन गरेको ३९ हजार सहयोग रकम हस्तान्तरण गरिएको छ । क्यान पर्वतका सदस्य कमला शर्माको बुबा डण्डपाणी उपाध्यायको उपचारका लागि संकलित उक्त रकम मंगलबार हस्तान्तरण गरिएको क्यान पर्वतका अध्यक्ष अच्युत पौडेलले जानकारी दिनुभयो । मुटु सम्बन्धी रोग लागि उपचारत बाग्लुङको जैमिनि नगरपालिका-१, कुश्मिसेराका उपाध्यायको मृत्यु भैसकेको छ । परिवारको आर्थिक अवस्था कमजोर भएको र मृतकको उपचारमा लागेको खर्चमा केहि राहत होस् भन्ने हेतुले क्यानमा आबद्ध साथीहरूबाट संकलित रकम हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । क्यान पर्वतले पेसागत हितका कार्यसँगै सामाजिक कार्यमा समेत जोड दिदै आएको अध्यक्ष पौडेलले बताउनुभयो ।

ताजा

Related Articles