सेवा थप्दै छवि सुधार्दै लाइसेन्स कार्यालय बुटवल

3567

बुटवल-यातायात व्यवस्था विभाग , सवारी चालक अनुमति पत्र बुटवल कार्यालयमा पुग्दा अधिकाशं सेवाग्राही मोबाइलमा व्यस्त थिए। कार्यालयमा नयाँ कार्यालय प्रमुखको आगमन संगै सेवाग्राहीका लागि फ्रि वाईफाईको व्यवस्था गरिएको छ । सेवाग्राहीको अत्यन्तै भिड हुने लाईसेन्स कार्यालय बुटवलमा हालसालै कार्यालय प्रमुखको रूपमा महेश पाण्डे भित्रीएका छन । उनको आगमनसंगै कार्यालयले आफ्नो छवि सुधार्न प्रयास गरिरहेको छ ।

दैनिक रूपमा सयौंको संख्यामा आउने सेवाग्राहीको चापलाई उचित व्यवस्थापन गर्दै सेवाको प्रकियामा लाग्ने समयावधिलाई पनि प्रविधिमैत्री र उपयोगी बनाउन सुधारका प्रयास स्वरूपमा फ्रि ईन्टरनेटको व्यवस्था गरिएको जनाईएको छ । यातायात कार्यालयको सेवाप्रवाह तपाईंलाई कस्तो लागिरहेको छ भन्ने हाम्रो प्रश्नमा लाईसेन्स रिन्यूको लागि गुल्मी बाट आएका एक सेवाग्राहीको प्रतिक्रिया बुज्दा उनले भने ” धेरै सुधार भएको रहेछ, पहिले लाईनमा उभिदा उभिदा पट्यारलाग्लो हुन्थ्यो अहिले त नेट जोडेको रैछ मोबाइल चलाउदै चलाउदै आफ्नो पालो आएको थाहै नहुने ।

फ्रि ईन्टरनेट संगै कार्यालयमा हाल सेवाग्राहीलाई पिउने पानी को पनि व्यवस्था गरिएको छ । कार्यालय प्रमुखको रूपमा पाण्डे आएसंगै उनको ठाडो निर्देशनमा मेडिकलको शुल्क पनि घटाईएको छ भने अनलाइन दरखास्त प्राणालिमा कोटा पनि घटाईएको छ । मेडिकल को शुल्क विगतमा १५० भएकोमा अहिले घटाएर १०० बनाईएको छ भने विगतमा एकदिनमा सम्पुर्ण वर्गको अनलाईन कोटा १००० भएकोमा हाल ७०० बनाईएको छ

। एकैदिन धेरै कोटा हुदा धेरै जनाको चाप हुने र सहज रूपमा सेवा प्रवाह गर्न नसक्दा सेवा प्रकियाको समयावधि लम्बिदै जादा सेवाग्राहीलाई परेको असुविधा लाई कम गर्न त्यसो गरिएको कार्यालय प्रमुख पाण्डेले बताए । पाण्डेका अनुसार अहिले सम्म नयाँ लाईसेन्स का सेवाग्राहीले दर्ता र राजश्व एकैदिन भएतापनि लिखित १,२ दिन ढिला गरि हुदा सेवा प्रकियाको अवधि लम्बिदा सेवाग्राहीलाई असहज भएको महसुस गरि अब दर्ता , मेडिकल , राजश्व र लिखित एकैदिन गर्न प्रकिया सुरू गरिनेछ । अब कार्यालयमा थप भौतिक सुधारको काम गर्दै सेवाग्राही बस्ने कुर्ची , व्यवस्थित पार्किङ स्थल को व्यवस्थापन गरिने जनाईएको छ।

विगत ५ महिनादेखी बिग्रेर थन्किएको परिक्षणकालिन लाईसेन्स प्रिन्ट मेसिन पनि मर्मत गर्न पठाएको र मर्मत पछि छिट्टै नै परिक्षणकालिन लाईसेन्स प्रिन्टको व्यवस्थापन गरिने कार्यालयका प्रशासन शाखाका एक कर्मचारी विकास नेपालीले बताए । उनका अनुसार यसअघि दिउँसो तीन बजेसम्म हुने गरेको ट्रायलको समय घटाएर दिउँसो १२ बजेसम्म रसिद काटेका परिक्षार्थीलाई मात्रै ट्रायल दिने व्यवस्था गरिएको छ । अनाधिकृत व्यक्ति प्रवेश र नक्कली परिक्षार्थीको विगबिगी बढेको भन्ने गुनासो धेरै आएपछि त्यसलाई रोक्न समय घटाईनुका साथै ट्रायलमा प्रत्येक दिन फरक फरक कर्मचारी खटाईने गरिएको छ।

यसअघी लामो समयदेखि गुनासो पेटिका नखोलिएको बिषय चर्चामा आए संगै प्रत्येक हप्ताको आईतबार गुनासोपेटिका खोलि सेवाग्राही गुनासो सम्बोधन गर्ने प्रयास गरिएको कार्यालयका कम्प्युटर अधिकृत कमल पराजुलीले बताए। लिखित परिक्षामा समेत चलखेल हुने गरेको गुनासो गुनासोपेटिकामा पाईएसंगै परिक्षार्थीलाई लिखित परिक्षामा अनिवार्य रूपमा प्रवेशपत्र र नागरिकता साथमा मात्रै परीक्षा दिन पाईने कुरालाई थप कडाइ गरिएको छ।

कार्यालय परिसरमा विचौलियाको बिगबिगी बढेको भन्ने गुनासोका आधारमा कार्यालयले अहिले विचौलिया प्रवेश निषेध अभियान कै रूपमा काम गरिरहेको छ। कार्यालय समयमा सेवाग्राहीलाई विचौलियाको प्रभावमा नपरि सेवा लिन र केही समस्या भए कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको अडियो क्लिप पनि प्रसारण गरिएको छ । साथै कार्यालयमा महिला र पुररूषको लागि अलग अलग लाईनको व्यवस्थापन गरिएको छ । सेवाग्राहीलाई अत्यावश्यक पर्ने नविकरण र नेपालीकरण को निवेदन प्रति पनि कार्यालयले निशुल्क वितरण गर्न सुरूवात गरिएको छ , जुन यसअघि सेवाग्राहीले आफ्नै व्यवस्था गर्दै अाईरहेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here