पर्वत- पर्वतको फलेवास नगरपालिकाभित्र गुड्ने अटोरिक्साको भाडादर समायोजन भएको छ । आइतबार फलेवास नगरपालिकाको कार्यालयमा नगरप्रमुख गंगाधर तिवारी, उपप्रमुख शोभाकुमारी क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्य, नगरप्रवक्ता, वडा नंवर ४, ५, ६, ७, ८ र ९ का वडाध्यक्षहरु र अटोरिक्सा व्यवसायी सहभागि बैठकमा भाडादर समायोजन गर्ने निर्णय भएको हो । आइतबारदेखि लागु हुनेगरि अटोरिक्सा सञ्चालन हुने स्थान फलेवास–४ घोइनेउला चोकदेखि फलेवास ढीकसम्म प्रतिव्यक्ति १२० रुपैयाँ लिने सहमति भएको हो । समायोजन भएको भाडादरबाट नगरबासीहरुलाई यात्रामा सहज हुने अपेक्षा गरिएको छ ।

