24.1 C
Kathmandu
Friday, April 17, 2026

“कोदाली र कुटो” बोलको गीतको म्युजिक भिडियो बजारमा.. (भिडियो सहित)

सुमधुर स्वरका धनी मिना बेल्बासे,तेज बहादुर सिन्धुली,राजन अधिकारी र संगीता तामाङको सुमधुर आबाज रहेको “कोदाली र कुटो” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ।

वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा कार्यरत लोक गायक तेज बहादुर सिन्धुलीको उक्त गीत चर्चित गायिका टीका सानुको युटुव च्यानल मार्फत हालै बजारमा सार्वजनिक भएको हो।

गीतमा तेज बहादुर सिन्धुली र मिना बेल्बासेको शब्द, गोबिन्द वलीको लय रहेको छ ।

उक्त गीतको म्युजिक भिडियोमा टीका सानू ,सुजन शाह शन्कर ,मानसिंह खड्का र सम्झना बिश्वकर्माले उत्कृष्ट अभिनय गरेका छन् ।

सन्जय सिर्पाली एरेन्जर रहेको उक्त गीत मुर्चुङ्गा डिजिटल मार्फत सार्बजनिक भएको हो। गाउँले परिवेशमा छायांकन गरिएको माया प्रेममा आधारित उक्त गीत र भिडियो धेरै जनाले मन पराएका छन् । गीतको म्युजिक भिडियो सार्बजनिक भएको छोटो समयमा धेरै दर्शक स्रोताले रुचाएका छन ।

ताजा

Related Articles