पर्वत-पर्वतको बिहादी गाउँपालिकाले मागका आधारमा कृषकलाई ७५ प्रतिशत अनुदानमा फलफुलका बिरुवा वितरण गर्ने भएको छ । गाउँपालिकालाई फलफुलमा आत्मनिर्भर बनाउन तथा व्यवसायिक किसानहरुलाई प्रोत्साहन स्वरुप बिरुवा वितरण गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
बिहादी गाउँपालिका कृषि विकास शाखाको आर्थिक बर्ष ०७९/८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार ७५ प्रतिशत अनुदानमा बर्षे फलफुलका बिरुवा गर्न लागेको हो । गाउँपालिका भित्रका कृषि सहकारी, कृषक समुह, कृषि समुह, कृषि फर्म र व्यवसायिक कृषकहरुलाई बिरुवा वितरण गर्नका लागिएको कृषि विकास शाखाका अधिकृत जीवन बहादुर शाहीले जानकारी दिए । ‘बिरुवाका लागि किसानहरुको आवेदन संकलन भैरहेको छ । आज अन्तिम दिन हो । आवेदन अनुसार बिरुवा खरिद गरी वितरण गछौँ ।,’ उनले यस पटक सुन्तला, कागती, आँप, लिची र केराका बिरुवा वितरण गर्न लागेको बताए ।
उनले बिरुवा अनुसार किसानले माग गर्न सक्ने बर्ता । उनका अनुसार सुन्तला÷कागती १६ वटा (प्रतिव्यत्ति माग गर्ने न्यूनतम संख्या) आपँ ५ वटा, लिची ७ वटा र केराका बिरुवा आवश्यकताका आधारमा बाँढ्न सकिने बताए । कृषकलाई माघका आधारमा फलफुलका विरुवा वितरण गर्नका लागि कृषि शाखाले १ लाख पचास हजार बिन्याजन गरेको छ । अन्य २५ प्रतिशत रकम कृषकले हाल्नुपर्ने छ ।
गाउँपालिकाका अध्यक्ष परविन गुरुङले किसानहरुको मागका आधारमा फलफुलका बिरुवा उपलव्ध गराउन लागेको बताए । बिहादीलाई समृद्ध बनाउन पालिकाले कृषि र पशुका कार्यक्रमलाई बढि महत्व दिएको उनको भनाई छ ।
