पर्वत साहित्य सङ्गमले स्रष्टालाई सम्मान गर्ने

92

पर्वत-पर्वत साहित्य सङ्गमले साहित्य क्षेत्रमा बिशेष योगदान पुर्याउदै आएका व्यक्ति तथा संस्थाहरुलाई सम्मान गर्ने भएको छ । सङ्गमका निवर्तमान अध्यक्ष तथा यस वर्षको पुरस्कार छनोट समितिका संयोजक राजेन्द्र पहाडीका अनुसार आउँदो जेठ १५ गते पर्वत सदरमुकाम कुश्मा बजारमा साविकको धौलागिरि अञ्चलका चार जिल्लाहरु पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका स्रष्टा, सर्जक तथा साहित्यानुरागीको उपस्थिति हुँदै छ । सोही कार्यक्रममा  पर्वत साहित्य सङ्गममार्फत स्थापित विभिन्न सातवटा पुरस्कारहरु समर्पण गर्न लागिएको हो ।

पर्वत साहित्य सङ्गम पुरस्कारबाट पर्वतका इन्द्रमान खत्री, मान–पदम स्मृति साहित्य पुरस्कारबाट पर्वतका गणेशकुमार जि.सी, गोपी–नन्द स्मृति साहित्य पुरस्कारबाटपर्वत्का टुकनाथ रेग्मी ‘बेलुराम’ पुरस्कृत हुँदै छन् । यस्तै  संस्कृति साहित्य पुरस्कार पर्वतका स्वर्गीय कलाकार मानजी सुरागमलाई मरणेपरान्त प्रदान गरिँदै छ ।

यसैगरी, नमुना शिक्षा तथा साहित्य पुरस्कारबाट बागलुङका यम बहादुर ढुङ्गाना के.सी, कृष्ण–उद्योग साहित्य पुरस्कारबाट म्याग्दीका गणनाथ पौडेल र डिल्ली–राधा साहित्य पुरस्कारबाट मुस्ताङको भूपि स्मृति थाक पुस्तकालय सम्मानित हुँदै छन् ।

‘नेपाली भाषा, साहित्य, कला र संस्कृतिको जगर्ने गरौँ’ भन्ने उदघोषका साथ बि.सं. २०५४ सालमा स्थापना भएको सङ्गमले साहत्यको क्षेत्रमा योगदान दिँदै आएको छ । साहित्यकारलाई गोलबद्ध गर्दै उनीहरुका रचना, कला र प्रस्तुतीलाई उचाई दिनका लागि प्रयास गर्नुका साथै साहित्यकारहरुलाई प्रोत्सहान गर्न सम्मान गर्ने लगायतका कामहरु पनि गर्दै आएको समितिका संयोजक पहाडीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here