गायक अर्जुन थापाको “हेर्दाहेर्दै… सँइले” गितको भिडियो सार्वजनिक (भिडियो सहित)

2646

पर्वत- संचारकर्मी तथा कलाकार अर्जुन थापा मगरको “हेर्दाहेर्दै सँइले” बोलको मौलिक गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । विगत १५ बर्ष देखी पत्रकारिता संगै कलाकारितामा सक्रिय थापाको उक्त गितको भिडियो आज खास नेपाल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
गितमा अर्जुन थापा, सरस्वती लामिछाने, शोभा परियारको स्वर रहेको छ भने सन्तोष  सुवेदी, ठाकुर रसाइलीको क्रस आवाज रहेको छ । थापाकै निर्देशन रहेको गितमा नृत्य निर्देशन कलाकार खुम पुनको रहेको छ । क्यामेरामा कमल एल.एक्स, सन्देश लामिछाने र दिमस गुरुङ रहेका छन ।
गण्डकी  प्रदेशका विभिन्न गाउँमा गाईने स्थानीय भाकालाई संकलन गरि बजारमा ल्याइएको बताउनुभयो । निकै मेहनत गरि भिडियो बजारमा ल्याएको बताउदै सबैले भिडियो हेरेर माया गरिदिन आग्रह गर्नुभएको छ ।
गायक थापाले भन्नुभयो ‘यो गीत गाउँमा सानैदेखी सुनेको गित हो, विभिन्न गाउँमा आआफ्नै तरिकाले गाउने गर्छन्, विषेशगरी यो गित गण्डकी प्रदेशमा प्रख्यात छ ।” सोही गितलाई संकलन गरी रेकर्ड गरि बजारमा ल्याएको उहाँले बताउनुभयो ।

कुश्मामो माझ गाउँमा रहेको सताब्दी घर र पर्वत बाग्लुङका विभिन्न पर्यटकीय ठाउँमा गीतको छायांकन गरिएको छ । स्थानीय कला प्रतिभाका साथै पर्यटकीय र विषेश महत्त्व राख्ने ठाउँको प्रवर्द्धन गर्न पनि पर्वत बाग्लुङमा छायांकन गरिएको कलाकार थापाले बताउनुभयो ।
अभिनयमा पर्वत बाग्लुङकै कलाकारलाई देख्न सकिन्छ । मुख्य भुमिकामा खुम पुन, पुस्पा मगर, आरसी पौडेल, चित्र सागर श्रेष्ठ, पुजा कार्की शर्मा लगायत २० भन्दा बढी कलाकारको नृत्य रहेको छ । पर्वतमा सकृय पुन समुह र अन्य सामाजिक संघ संस्थाका व्यक्तिहरुको अभिनय पनि भिडियोमा देख्न सकिन्छ ।
कलाकार थापाका यस अंघि चारओटा गीत आइसकेका छन । त्यसबाहेक हांस्यटेली सिरियल भताभुङ्ग, भाँडभैलो, ज्वाइँ साप, ठुलो पर्दाको फिल्म अहुरी लगायत दर्जन बढी फिल्म तथा म्युजिक भिडियोमा अभिनय गरिसकेका छन।

 हेर्नुस् भिडियो:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here