28.1 C
Kathmandu
Tuesday, July 16, 2024

प्रभात बस्याललाई न्यायको माग गर्दै पर्वतको बिहादीमा बिरोध सभा

पर्वत – बाग्लुङका २३ बर्षिय प्रभात बस्याललाई न्यायको माग गर्दै पर्वतको बिहादीमा बिरोध सभा गरिएको छ । अपहरण र बलात्कारको आरोपमा पक्राउ परेका बस्यालको रिहाईका लागि सनिवार बिहादी गाउँपालिका-३, रानीपानी पोखरीचौरमा बिरोध सभा गरिएको हो । अन्तरजातिय बिबाह गरेकै कारण अपहरण र बलात्कारको झुठो मुद्दा लगाई प्रभातलाई फसाउन खोजिएको भन्दै उनको न्यायका लागि बिरोध सभा गरिएको बिहादीका सामाजिक अभियान्त तथा दलित अगुवा गुण बहादुर सुनारले जानकारी दिनुभयो । कथित उपल्लो जातको केटिसँग प्रेम सम्बन्ध पछि बिबाह भएकै कारण केटी पक्षका मानिसले दलित युवालाई विभिन्न षड्यन्त्र र बहानामा झुठो मुद्दा लगाएर फसाउन खोजिएको बताउदै प्रभातको पक्षमा दलित अधिकारकर्मी र अन्य न्यायप्रेमी एक भएर आवाज उठाउनुपर्ने सुनारले बताउनुभयो । दलितको हक हितका निमित्त जुनसुकै पार्टीमा आस्था राखेका दलित अगुवा र अधिकारकर्मी न्यायको पक्षमा एकजुट हुनुपर्ने बताउनुभयो । बिहादीका दलित अधिकारकर्मी र अन्य नागरिकहरुको उपस्थिति रहेको विरोध सभामा सहभागीहरुले जातीय विभेद अन्त्य गरौं, प्रभातलाई न्याय दे, झुठो मुद्दा खारेज गर, प्रभातलाई रिहाई गर लगायतका नारा लगाएका थिए । कार्यक्रममा बोल्दै दलित अभियान्त राजकुमार बिकले जात व्यवस्था नयाँ भेरिएन्टको रुपमा समाजमा देखा परेको बताउदै निर्दोष प्रेमी जोडीलाई संक्रमण गरेको बताउनुभयो । वक्ताहरूले जातीय विभेद तथा छुवाछूत नयाँ भेरियन्टको रुपमा फैलिएको बताउदै यसको निराकरणका लागि कानुनको सहि कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् । प्रभात निर्देश रहेकाले झुठो मुद्दा खारेज गरि रिहाई गर्नुपर्ने बताउदै सहभागीहरुले प्रभातलाई न्याय दिनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।  सामाजिक अभियान्त तथा दलित अगुवा हर्क बहादुर सुनारको अध्यक्षता, कालीगण्डकी युवा क्लबका अध्यक्ष अर्जुन नेपालीको स्वागत मन्तव्य र कार्यक्रमको संचालन कुल बहादुर नेपालीले गर्नुभएको थियो । विरोध सभामा सामाजिक अभियान्तहरु सीता गहतराज,जीवन पराजुली लगायत बोल्नुभएको थियो । कथित उपल्लो जातकी केटीसँग २ बर्षदेखि प्रेम सम्बन्धमा रहेका प्रभातले दुबैको मन्जुरीमा केही महिना अघि बिहे गरेर भारत गएको र बिचमा घर परिवारले हामी तिमिहरुलाई स्वीकार गर्नेछौं भनेर झुठो आश देखाएर घरमा बोलाएको बताइएको छ । नेपालमा आफ्नै घरमा फर्किएपछि प्रभातलाई केटी पक्षका मानिसहरूले जातको दबाब दिएर अपहरण र बलात्कारको मुद्दा दर्ता गरेको बताइएको छ । अहिले प्रभात जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासतमा रहेका छन । यस बिषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

ताजा

Related Articles