27.1 C
Kathmandu
Saturday, July 27, 2024

बिहादी गाउँपालिकाद्धारा ५० प्रतिशत अनुदानमा कृषकहरुलाई मिनिटेलर हलो वितरण

पर्वत-कृषिमा आधुनिकीकरण र व्यावसायीकरण गर्ने उद्देश्यले पर्वतको बिहादी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकहरुलाई मिनिटेलर हलो वितरण गरेको छ । गाउँपालिकाले किसानलाई ४५ वटा मिनिटेलर (हलो) वितरण गरेको गाउँपालिकाका अध्यक्ष परविन गुरुङ जानकारी दिए । पछिल्लो समय खेतबारी जोत्न काठको हलो छाडेर किसान आधुनिक उपकरण प्रयोग गर्न थालेकोले किसानहरुको माग अनुसार मिनिटेलर हलो वितरण गरिएको उनले बताए । गाउँमा खनजोतका लागि गोरुको अभाव र जनशक्ति समेत नरहेकाले किसानहरुको माग यान्त्री हलो हुने गरेको छ । डिजेल वा पेट्रोलबाट चल्ने तथा कम जनशक्ति भए पनि पुग्ने भएकाले यसतर्फ कृषकको आकर्षण बढेको अध्यक्ष गुरुङको भनाई छ ।
गाउँपालिकाले मिनिटेलर हलो खरिदका लागि आर्थिक बर्ष २०७९।०८० को बजेटमा दश लाख रुपैयाँ बिन्योजन गरेको थियो । एक हल गोरुले एक दिनभरीमा जोत्न सकिने जमिन यान्त्रीहलोले २ घण्टामा जोत्न सकिन्छ । हलो पाएसँगै किसानहरुले खेतबारी जोत्न सहज हुने र समयको समेत बचत हुने भन्दै खुशी भएका छन् । माग र आवश्यकताका आधारमा किसानहरुलाई मिनिटेलर हलो वितरण गरिएको गाउँपालिकाका कृषि नायब प्राविधिक सहायक जीवनवहादुर शाहीले बताए ।

ताजा

Related Articles