कृषि संजालद्वारा फलेवासको नीति कार्यक्रममा कृषिलाई प्राथमिकता दिन आग्रह!

268

पर्वत-पर्वतको फलेवास नगरपालिका वडा नं. ६ स्थित फलेवास नगर स्तरीय कृषि संजालले फलेवास नगरपालिकामा आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा कृषिका कार्यक्रमलाई जोड दिन माग गरेको छ ।बाली, नगदेबाली, फलफुलबाली तथा तरकारी,मौसमी तथा बेमौसमी,बाह्रै महिना व्यवसायिक गोलभेडा खेती तथा पशुसम्बन्धि दुध, अण्डा, माछामासुको व्यवसाय गर्न सकिने गरि बजेट छुट्टाउन माग गरिएको हो । स्वदेशी उर्वरा कृषि भूमि बाझिदै गएको अवस्थामा युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोकी स्वरोजगार कार्यक्रम ल्याउन आवश्यक रहेकाले नगरपालिकाले त्यस्ता कार्यक्रम संचालनमा जोड दिनुपर्ने कृषि संजालका अध्यक्ष बिनोद भुसालले बताउनुभयो । कृषि क्षेत्रमा निति तथा योजना कार्यक्रममा गत आ.व.मा २.३ प्रतिशत बजेट विनियोजन भएकोमा, यस आ.व. मा अधिकतम बजेट विनियोजन गर्न माग गरिएको उहाँले बताउनुभयो । फलेवासका किसानलाई आधुनिकरण, व्यवसायिकरण, यान्त्रिकरण र बजारिकरणको निति ल्याई कृषि र पर्यटन प्रवर्धन मैत्री वातावरण सिर्जना गर्नुपर्ने, सम्भाव्य स्थानहरूमा होमस्टे सहित एकिकृत कृषि तथा पशु फार्मलाई व्यवस्थित गर्नुपर्ने,आम कृषकहरूले उपभोग गर्न सक्ने बाह्य कृषि तथा पशुपक्षिजन्य वस्तुहरूमा आयतलाई न्युनिकरण गर्नुपर्ने, फलेवास नगरपालिकामा उत्पादित कृषि उपजलाई बजारिकरणको व्यवस्था गरि निर्यात गर्नुपर्ने माग सहित नगरपालिकामा मागपत्र बुझाइएको भुसाले जानकारी दिनुभयो। गैरनाफामुलक सामाजिक भावना लिई निशुल्क सेवा दिने उद्देश्यले संस्थाको रूपमा कृषि तथा पर्यटन क्षेत्रको एकमात्र फलेवास नगरस्तरीय कृषि संजाल गठन भएको अध्यक्ष भुसालले बताउनुभयो । मागपत्र बुझ्दै फलेवास नगरपालिका प्रमुख गंगाधर तिवारीले संजालले राखेका मागलाई नीति तथा कार्यक्रममा समेट्ने बताउनुभएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here