19.1 C
Kathmandu
Friday, April 17, 2026

मुक्ति समाज पर्वतद्वारा दलित सशक्तीकरणका कार्यक्रम माग गर्दै पालिकाहरुमा ध्यानाकर्षणपत्र !

लक्ष्मण बिसि,पर्वत-नेपाल उत्पीडित जातीय मुक्ति समाज पर्वतले सामाजिक अन्तरघुलन र दलित सशक्तीकरणका कार्यक्रम माग गर्दै पालिकाहरुमा ध्यानाकर्षण पत्र बुझाएको छ । आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा दलित उत्थानका कार्यक्रमलाई जोड दिने गरि बजेट छुट्टाउन अनुरोध गर्दै फलेवास नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाइएको जिल्ला कमिटी उपसचिव सृजना विश्वकर्माले जानकारी दिनुभयो । जातीय विभेद अन्त्यका लागि सामाजिक अन्तरघुलका कार्यक्रम, दलित समुदायको विकासका लागि सशक्तीकरणका कार्यक्रम,  पुर्ख्यौली पेशाको प्रवर्द्धन, आर्थिक उपार्जनका लागि उद्यमशिलता र व्यवसायीक सीप विकास कार्यक्रम र राजनीति, सामाजिक, आर्थिक तथा सांस्कृतिक लगायतको क्षेत्रमा दलितको प्रतिनिधित्व रहने गरि कार्यक्रम ल्याउन माग गरिएको उहाँले बताउनुभयो ।  त्यस्तै कुश्मा नगरपालिका र मोदी गाउँपालिकामा पनि ध्यानाकर्षणपत्र बुझाइएको छ ।
जिल्ला कमिटी पर्वतकाे निर्णय अनुसार पर्वतका ७ वटै पालिकामा  आ . व २०८०/०८१ काे  नीति तथा कार्यक्रममा  सामाजिक अन्तरघुलन र दलित सशक्तीकरणकाे लागि उक्त नीति तथा कार्यक्रममा  बिशेष याेजना बनुन भन्ने उदेश्यका साथ पालिकाहरुमा ध्यानाकर्षण पत्र बुझाइएको जिल्ला कमिटी अध्यक्ष चन्द्र बिकले बताउनुभयो ।

ताजा

Related Articles